चुरेफेदी महिला साकोसको चोरी रहस्यमय

  • this is image NayaNaya Khabar
  • 300 दिन अगाडि

theme

मोरङको मिक्लाजुङ–३ टाँडीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको रकम राख्ने सेफ (बक्सा) चोरी भएको भयो । संस्थाको कार्यालयबाट करिब ५० मिटर पश्चिममा पैसा राखिने गरेको सेफ ९बक्सा० फेला परेको थियो । पैसा राखिने गरेको सेफ ९बक्सा० चाबी कर्मचारी मेनुका शिवाले राख्ने गर्थिन । आर्थिक पाटो उनै शिवाले हेर्ने गरेकी थिइन् ।
चोरीको घटना सार्वजनिक भएपछि संस्थाको बेतिथिका बारेमा पनि घटना बाहिरियो । पैसा राखिने गरेको सेफ ९बक्सा० मा लगभग २० लाख थियो । जबकि ४० लाख भन्दा बढीको हरहिसाब हराएको देखिएको थियो । चोरीको घटना भनेर पक्राउ गरेकी कर्मचारी शिवालाई मुद्दा चलायो । जिल्ला अदालतबाट ५ लाख धरौटीमा रिहा भएकी कर्मचारी शिवालाई कम धरौटीमा छोडेको भन्दै संस्थाका पदाधिकारीहरूले उच्च अदालतमा मुद्दा हाले । त्यसपछि उच्च अदालतले पनि ८ लाख धरौटी तोकेको छ । शिवाले उक्त रकम बुझाउन नसके कारागार चलान हुनु पर्ने छ ।
पैसा राख्ने सेफ ९बक्सा० शिवा एक्लैले बोक्न सक्ने देखिँदैन । २ सय ८० केजीको उक्त बक्सा बोक्न ठुलै समूह चाहिन्छ । तर, शिवालाई मात्रै दोषी देखाएर सञ्चालक र अन्य कर्मचारी पन्छिन खोजेका छन् । घटना भएको ६ महिना बित्दा पनि सत्य तथ्य बाहिर आउन सकेको छैन । सञ्चालक समितिले नै सत्य कुरा बाहिर ल्याउन नचाहेको त होइन भन्ने प्रश्न खडा भएको छ । समितिले घटना लुकाउन भरपुर प्रयास गरेको भन्दै शेयर सदस्यहरू रुष्ट छन् । ६ महिना बित्दा पनि वास्तविकता सार्वजनिक नभएको भन्दै आक्रोशित शेयर सदस्यहरूले शुक्रवार सहकारीको कार्यालयमा तालाबन्दी गरे ।
शेयर सदस्यहरूले सहकारीमा भएको चोरी र हिनामिना घटना सार्वजनिक नभएसम्म चाबी नखोल्ने बताएका छन् ।
सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका शिवालाई नियन्त्रणमा लिएर धरौटीमा छुटे पनि अन्य कर्मचारी तथा संस्थाका सञ्चालकहरूको नै घटनामा संलग्न भएको भन्दै शेयर सदस्यहरूले निष्पक्ष छानबिन गर्न माग गरेका छन् । पैसा राखिने गरेको सेफ ९बक्सा० मा २० लाख रहेको र बाँकी रकम आफूसहित संस्थाकी अध्यक्ष मिना कार्कीलगायतले चलाएको पूर्व कर्मचारीसमेत रहेकी शिवाले बताएकी छन् । आफूले ६ लाख, अध्यक्ष कार्कीले ६ लाख ४८ हजार, लेखा संयोजक कुमारी कटुवालले ८३ हजार, लेखा सदस्य हिन्दु लिङ्देनले १ लाख २१ हजार, सचिव लक्ष्मी ढुङ्गाना २६ हजार, कोषाध्यक्ष जीना गुरुङ २६ हजार, उपाध्यक्ष धनमाया भट्टराईले २० हजार, कर्मचारी देवी चौलागाई २ लाख र व्यवस्थापक प्रकाश खनालले ३ लाख ७६ हजार चलाएको दाबी गरिन् । शिवाले काम गर्ने सिलसिलामा केही त्रुटि भए पनि आफूले आर्थिक हिनामिना नगरेको दाबी गरेकी छिन् । यस घटनामा शिवा मात्र एक्लै दोषी छैन, सञ्चालक समितिका पदाधिकारीमाथि पनि छानबिन हुनु पर्ने शेयर सदस्यहरूको भनाई छ ।
घटनापछि शेयर सदस्यहरूसँग समेत सहकारीले छलफल गरेको छैन । समस्या समाधानका लागि सहकारीका सञ्चालकहरूले चासो नदिनु रहस्यमय बनेको छ । सहकारीमा भएको चोरी र हिनामिनाको बारेमा वास्तविकता सार्वजनिक गर्नु पर्नेमा मिक्लाजुङ वडा नं। ३ का पूर्व वडाध्यक्ष खगेन्द्र मादनले जोड दिए । २०६८ सालमा स्थापित सो संस्थामा मिक्लाजुङ–२,३,४ र ६ नम्बर वडाका ८ सय बढी शेयर सदस्य रहेका छन्