बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
- NayaNaya Khabar
- 814 दिन अगाडि
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरले उनलाई सफाइ दिएको हो ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको इजलासले खिउजुमाथि लगाइएको अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ । जिल्ला अदालत ललितपुरका श्रेस्तेदार विष्णु प्रसाद पाण्डेयले पूर्व डिएसपी खिउजुले सफाइ पाएको जानकारी दिए । श्रेस्तेदार पाण्डेयले भने–‘सफाइ भएको छ तर, फैसलाको पूर्णपाठ तयार भैसकेको छैन् ।’महानगरीय प्रहरी वृत चापागाउँमा कार्यरत रहँदा खिउजुले पुलिस रिपोर्ट बनाउन गएकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो । ०७५ माघ ३० मा ललितपुर महांकाल घर भएकी २१ वर्षीया युवतीले आफुलाई खिउजुले कार्यकक्षमा नै बलात्कार गरेको आरोप लगाएर उजुर गरेकी थिइन् ।बलात्कारको जाहेरी दर्ता भएपछि भागेका खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरले ०७६ फागुन २१ मा पक्राउ गरेको थियो । अदालतको आदेशले उनलाई पुर्पक्षका लागी थुनामा राखिएको थियो ।
-
-
मिक्लाजुङलाई सहयोग गर्न गाउंपालिका अध्यक्षको राष्ट्रपति...
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
वडा नं. ७ बिजयी
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
मोरङ निर्वाचन क्षेत्र नं. १ एमालेको आक्रमक प्रचार प्रस...
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
वडा नं. ३ सेमीफानलमा