प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने

  • this is image NayaNaya Khabar
  • 282 दिन अगाडि

theme

असोज २२, मधुमल्ला÷ मोरङ मिक्लाजुङ गाउँपालिकामा विजया दशमी तथा शुभ दिपावलीको शुभ अवसर पारेर प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । तिल्केनी युथ क्लबको आयोजनामा असोज २७ गते देखी सञ्चालन हुने प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगीतमा मिक्लाजुङ गाउँपालिकाको एक वडा एक टिम गरी ९ टिमको सहभागिता रहने तिल्केनी युथ क्लबका अध्यक्ष सरोज राईले बताउनु भयो ।
असोज २७ देखी मिक्लाजुङ गाउँपालिका वडा नं. २ को तिल्केनी खेल मैदानमा हुने फुटबल प्रतियोगिता सञ्चालनका लागि हाल पुर्व तयारीको काम भइ रहेको राईले बताउनु भयो । मिक्लाजुङ गाउँपालीकामा महिला फुटबल खेलाडीहरुलाई लक्षीत गरी  वडा स्तरीय रुपमा सञ्चालीत यो पहिलो फुटबल प्रतियोगीता भएको  आयोजकको दाबी छ ।   प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिताले मिक्लाजुङ गाउँपालिका क्षेत्रमा महिला फुटबल खेलाडीहरुको खेल कौषलमा विकाश हुने तिल्केनी युथ क्लबका सचीब अनिल राईले बताउनु भयो । प्रतियोगितामा प्रथम र द्धीतिय स्थान हाँशिल गर्नेले नगद ३० हजार, १५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक कमीटीले जनाएको छ ।