मोरङ निर्वाचन क्षेत्र नं. १ एमालेको आक्रमक प्रचार प्रसार
-
NayaNaya Khabar
- 1098 दिन अगाडि
मधुमल्ला÷ नेकपा एमाले मोरङ निर्वाचन क्षेत्र १ मा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ लाई लक्षीत गरेर चुनाबी प्रचार प्रसार कार्यक्रमलाई आक्रामक बनाउदै लगेको छ । आइतबार नेकपा एमालले मोरङको मिक्लाजुङ गउँपालिकामा बृहत मोटरसाइकल र्याली सहित कोण सभा कार्यक्रम सम्पन्न गरेको छ । मधुमल्ला बजार बस स्टेण्ड बाट प्रतिनिधी सभा सदस्य उम्मेद्धार घनश्याम खतिवडा, प्रदेश सभा सदस्य उम्मेद्धार उमाकान्त गौतम, नेकपा एमाले स्थायी कमीटी सदस्य डा. शिवमाया तुम्बाहाफे सहित नेकपा एमालेका टोल , वडा, क्षेत्र, जिल्ला र प्रदेश स्तरीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती सहितको ¥याली गरेको हो ।
मधुमल्ला बजार बाट सुरु भएको ¥याली मधुमल्ला बजार परिक्रमा गरी मावा तोरीबारी, नुनसरी तोरीबारी, मलामीटहरा, शाखरे, तील्केनी, धोबेनी, जलुकेनी, संगम चौक, हात्तीमार सुन्दरीचोक हुदै पाण्डे चोक, शान्ति टोल, कशेनी,झाकटे चोक, बालुवाटर हुदै मधुमल्ला टाँडी रोड हुदै छबी चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नेकपा एमाले मोरङ निर्वाचन क्षेत्र नं. १ क का प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेद्धार उमाकान्त गौतमले यस क्षेत्रको बृहत्तर विकासका लागी मंशिर ४ गते हुने नीर्वाचनमा नेकपा एमालेका शुर्य ध्वजाबाहक उम्मेद्धार हरुलाई बिजयी गराउनु पर्ने बताउनु भयो ।
यस्तै नेकपा एमाले मोरङ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य प्रत्यासी उम्मेद्धार घनश्याम खतिवडाले परमादेशी गठबन्धन सरकारले देसको विकास र निकास गर्न नसक्ने भएकाले यो देशको समृद्धी र विकासका लागी नेकपा एमाले मात्र सक्षम भएकाले मंशिर ४ गते हुने निर्वाचनमा शुर्य चिन्हमा मतदान गर्न अपील गर्नु भयो ।
यस्तै नेकपा एमाले स्थायी कमीटी सदस्य ताथा कार्यक्रमका प्रमुख अतिथी डा. शिवमाया तुम्बाहाम्फेले परमादेशी गठबन्धन सरकारको अन्त्य संगै जनादेश प्राप्त सरकार निर्माणका लागी मंशिर ४ ले पर्खी रहेको र ४ गतेको मतदान पछी जनादेश बाट नेकपा एमालेको सरकार बन्ने दाबी गर्नु भयो ।
नेकपा एमाले चुनाब प्रचार प्रसार समिति मिक्लाजुङको आयोजनामा भएको आइतबारको ¥याली सभ्य र भव्य रुपमा सम्पन्न भएको नेकपा एमाले मिक्लाजुङ पार्टी सचिब नवीन कार्कीले बताउनु भयो । साथै मोरङ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका शुर्य ध्वजाबाहक उम्मेद्धार बिजयी हुने दाबी कार्कीले गर्नु भयो ।
-
-
-
-
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ
-
वडा नं. ७ बिजयी
-
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं....
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी