मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम शुरु

  • this is image NayaNaya Khabar
  • 696 दिन अगाडि

theme

मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम शुरु 

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकमा वडा नं. ९ मा रहेको मनकामना आधारभुत विद्यालयबाट  गाउँपालिका अध्यक्ष संग छात्रछात्रा कार्यक्रम शुरु भएको छ । सुक्रबार  मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको मनकामना आधारभुत विद्यालयबाट सो कार्यक्रम शुरु भएको हो । 

.
यो कार्यक्रममा मिक्लाजुङ गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका सबै सामुदायिक  विद्यालयमा  सञ्चालन गरीने बताईको छ । गाउँपालिका अध्यक्ष संग छात्रछात्रा कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण समेत गर्ने गरी स्वास्थ्य शिविर सहित कार्यक्रमको आयोजना गरीएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा अधिकृत चिन्तामणी पोख्रेलले बताउनु भयो । 

कार्यक्रममा विद्यार्थीहरुको रगत जाँच गर्ने , स्वास्थ्यमा समस्या देखीएका विद्यार्थीहको मधुमल्ला अस्पतालमा निःशुलक उपचार गर्ने साथै जटिल समस्या देखीएका विद्यार्थीहरुलाई अन्यत्र लगेर सेमेत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने बताइएको छ । 

मधुमल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सरोज कुमार मण्डल सहितको स्वास्थ्यकमीहरुको टिमले विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले मिक्लाजुङका सबै सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम हरेक शुक्रबार शुक्रबार सञ्चालन गर्ने बताउनु भयो । मिक्लाजुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्ने रनणनीति बनाएको अध्यक्ष राईले बताउनु भयो ।  

.
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष सेमन्त राज दाहालले मनकामना आधारभुत विद्यालयमा अध्यनयरत विद्यार्थीहरुलाई दिवा खाजामा सहयोग पु¥याउन आफ्नो सेवा सुविधा बाट दीने गरी  प्रति विद्यार्थी प्रति दिन रु १० सहयोग गर्ने घोषणा गर्नु भएको छ । साथै वडा नं. ९ मा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नु आफ्नो प्राथमीकता भएको दाहालले बताउनु भयो । 

कार्यक्रममा मिक्लाजुङ गाउँपालिका लेखा अधिकृत शुशिल बास्तोला, प्रमुख प्रशासकिय अधीकृत होम प्रसाद पौडेल र मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलको उपस्थिती रहेको थियो । कार्यक्रम मनकामना आधारभुत विद्यालयका वि.व्य.स. अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।