एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
NayaNaya Khabar
- 1104 दिन अगाडि
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो ।
खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याउनुभयो । यस्तै २६ मत भने बदर भएको छ ।
खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनु भएको छ । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।
उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित हुनु भएको छ । खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।
साभार ओवीमिडीया
-
-
-
-
-
उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल...
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
कृषि स्नातक, पशु चिकत्सक र भेटेरिनरी जे.टि.ए. पदको परीक...
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छ...
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...