श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डाँडा

  • this is image NayaNaya Khabar
  • 604 दिन अगाडि

theme

मधुमल्ला÷ पुर्वी मोरङ बाट सुर्यदोयको दृष्यावलोक गर्न सकिन्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । तर नेपालमा सुर्योदोय हुने स्थानको रुपले परिचत  इलामको अन्तु बाट जस्तै सुर्यदोय हेर्न सकिन्छ ।  त्यो ठाउँ हो मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा रहेको बतासे डाँडा  जहाँ बाट सुर्यदोयको दृष्यावलोकन राम्रो संग गर्न सकिन्छ । 
मिक्लाजुङ गाउँपालिकाको केन्द्र मधुमल्ला बजारबाट करिब २२ किमीको दुरीमा रहेको उत्त स्थान हाल झुल्के घाम हेर्ने ठाउँको नामले परिचित छ  । समुद्री सतहबाट करिब १२०० मीटरको उचाईमा रहेको उक्त स्थानमा हरेक बर्ष मंशिरको १४ र १५ गते मेला लाग्ने गर्छ । १४ गते साँझ बाट मेला सुरु भई १५ गते बिहान झुल्के घाम हेदैं मेला समापन हुने मिक्लाजुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पर्वत राईले बताउनु भयो ।