मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन
-
NayaNaya Khabar
- 1182 दिन अगाडि
मधुमल्ला
मोरङको मिक्लाजुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक योजना तर्जुमा सम्बन्धी , सरोकार वाला सँगको सुझाब सङ्कलन कार्य सुरु गरेको छ । मिक्लाजुङ गाउँपालिकाको प्राङ्गणमा बिहीबार पालिका भित्रका पूर्व वडाध्यक्षहरू, पालिकाका कर्मचारी, राजनीतिक दल, संघसंस्था, व्यापारी, बन सरोकारवाला, बैंक, सहकारी, बालक्लब आदीका प्रतिनिधि बोलाएर वृहत रुपमा सुझाब सङ्कलन कार्य गरेको हो ।
यस अघि बजेट बन्ने प्रक्रियामा राजनीतिक दल तथा कर्मचारीहरूको मात्र संलग्नता हुने गरेकोमा यस बर्स समावेशी बजेट बनाउने तयारीमा पालिका लागेको हो । निस्पक्ष , समावेशी, लोकप्रिय र जनमुखी बजेट बनाउने र त्यो बजेटको परिकल्पना जनस्तरबाटै आउनु आवश्यक रहेको भन्दै सुझाव सङ्कलन गरिएको पालिका अध्यक्ष बबीकुमार राईले बताउनु भयो ।
मिक्लाजुङको बजेट निर्माण योजनामा लोकतान्त्रिक अभ्यास भएको र बजेट निर्माणमा कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष देवी प्रसाद आर्चाय र पूर्व वडा अध्यक्षहरु साथै विभिन्न राजनितिक दलका प्रतिनिधीहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा दिगो विकासको लक्ष्य पुरा गर्ने मूल ध्येयका साथ बजेट योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने पालिका उपाध्यक्ष दिनेश पौडेलले बताउनु भयो ।
-
-
-
-
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
प्रिय मान्छे
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
वडा नं. ७ सेमी फाइनलमा
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बि...