चीन पुगे प्रधानमन्त्री दाहाल
-
NayaNaya Khabar
- 69 दिन अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुगेका हुन्। प्रचण्डले आजै चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नेछन्। १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति सी हाङजाओमा रहेको र प्रधानमन्त्री पनि त्यही जान लागेकाले आजै भेट्ने तालिका तय भएको हो। नेपाली समयअनुसार आज बिहान १० बजे हाङजाओ विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले प्रचण्डलाई स्वागत गर्नेछन्।
त्यसपछि दिउँसो सँगै खाना खाने क्रममा एउटा रिसोर्टमा उनीहरूबीच भेटवार्ताको तालिका छ। त्यसपछि अपरान्ह ४ बजे द्विपक्षीय भेटवार्ता हुनेछ। प्रचण्ड आइतबार मात्रै राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र चिनिया समकक्षी ली छियाङबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने तालिका छ। एक साता चीनमा बिताउने प्रधानमन्त्री असोज १३ गते शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
-
-
-
-
-
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी...
-
लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा सम्पन्...
-
नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने जंगलभित्...
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता क...
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...