मोरङ्को मिक्लाजुङ वाड न:४ पञ्चमि डाँडा साँगितिक कार्यक्रम २०८०" हुँदै !
-
NayaNaya Khabar
- 1054 दिन अगाडि
मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.४ पञ्चमी डाँडा छत्रपुरमा "पञ्चमि डाँडा साँगितिक कार्यक्रम २०८०" हुने भएको छ। पञ्चमी डाँडा मेला व्यवस्थापन समितीको आयोजनामा बैशाख २७ गते व्यापक मेलाका साथ साँगितिक साँझ पनि रहने मेला संयोजक कमल राई(डिक) ले जानकारी दिएका छन् ।
उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाडमा सुनुवार र राईहरू साकेला/सखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।यसै पर्वको अवसरमा रास्ट्रीय स्तरको कलाकार सहित एक दिने साँगितिक कार्यक्रमको पनि आयोजना गरिएको सह-संयोजक देवेन्द्र राईले बताए।
मेला सङ्गै भलिबल प्रतियोगिता बैशाख २६ गते सुरु भइ बैशाख २७ गते सम्पन्न हुने अर्का सह-संयोजक प्रेम चाम्लिङ ले बताए।अघिलो वर्ष हरुमा मेला मात्रै लागेता पनि यस वर्ष भने व्यापक मेला सङ्गै साँगितिक कार्यक्रम पनि राखिएको चाम्लिङ ले बताएका छन ।
-
-
-
-
-
मिक्लाजुङमा साहित्यक जमघट
-
Minim eiusmod ut aperiam velit sed voluptas quaerat dig...
-
शनिबारको खेलमा आयोजक ए र साखरे विजयी
-
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँद...
-
प्लम्बिङ तालिम शुरु
-
समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
दाउले हानेर काकाको हत्या
-
जापानका सांसद कुबोटा बीच भेटवार्ता