पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
NayaNaya Khabar
- 54 दिन अगाडि

पत्रकार कल्याण कोष मोरङले यस वर्षको सिर्जनशील र उदीयमान पत्रकारिता पुरस्कार पाउने पत्रकार छनोट गरेको छ।
हरेक दुई वर्षमा प्रदान गरिँदै आएको सिर्जनशील पत्रकारिता पुरस्कार उद्घोष दैनिकका समाचार सम्पादक एवम् बिबिसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाई प्रदान गर्ने निर्णय भएको हो।
सो पुरस्कारको राशी ५१ हजार १ सय ५१ रुपैयाँ रहेको कोषका अध्यक्ष प्रल्हादप्रसाद साहले जानकारी दिए।
यसैगरी, हरेक वर्ष प्रदान गरिँदै आएको उदीयमान पत्रकारिता पुरस्कार मकालु टेलिभिजनकी संवाददाता उषा सरदारलाई दिने निर्णय भएको छ। सो पुरस्कारको राशी ३१ हजार १ सय ५१ रुपैयाँ रहेको छ।
पत्रकार कल्याण कोष मोरङका अध्यक्ष साह अध्यक्षतामा बसेको बैठकले सिर्जनशील पत्रकारिता र उदीयमान पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको छनोट गरेको हो।
दुबै पुरस्कार चैत २७ गते सोमबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने कोषले जनाएको छ।
-
-
-
-
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
निर्माण भएको ७ दीन नबित्दै कालोपत्रे उक्कीयो ।
-
दाउले हानेर काकाको हत्या
-
भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
मोरङ्को मिक्लाजुङ वाड न:४ पञ्चमि डाँडा साँगितिक कार्यक्...
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने