३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
NayaNaya Khabar
- 706 दिन अगाडि

मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय व्यवसायिक तथा सीप विकास केन्द्र कोशी प्रदेशको संयोजन तथा मिक्लाजुङ गाउँपालिका राेजगार शाखाको आयोजनामा ३ महिने ( ३९० घण्टे ) प्लम्बिङ तालिम बिहीबार सम्पन्न भएको छ ।
तालिमकाे उपयाेगिताकाे बारेमा राेजगार शाखा प्रमुख क्षितिज चेम्जोङले प्रष्ट पार्नु भएकाे थियाे ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा सञ्चालित ३ महिने प्लम्बिङ तालिममा मिक्लाजुङ गाउँपालिकाका १५ जना युवाहरूको सहभागिता रहेको थियो । युवाहरूलाई व्यवसायिक सीप विकास गरी स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको संयोजनमा भएको तालिम प्रभावकारी भएको सहभागी प्रशर्न सुवेदीले बताए ।
बिहीबार भएको तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राईले युवाहरूमा सीप बिकास भए मात्र स्वरोजगार बन्न सजिलो हुने र आर्थिक विकासमा समेत सहयोगी हुने भएकाले प्रदेश सरकार समाजिक विकास मन्त्रालयको संयोजन र मिक्लाजुङ गाउँपालिकाको आयोजनामा ३ महिने प्लम्बिङ तालिम सञ्चालन गरिएको अध्यक्ष राईले बताउनु भयो ।
तालिम समापन कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पाैडेल, प्रमुख प्रसासकिय अधिकृत डम्बरूबल्लभ बरालकाे उपस्थितिमा रहेकाे थियाे ।
कार्यक्रम संचालन रोजगार साखाका कर्मचारी देउमान तामाङले गर्नुभएको थियो ।
-
-
-
-
-
मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बि...
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...
-
भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ
-
निर्माण भएको ७ दीन नबित्दै कालोपत्रे उक्कीयो ।
-
मोरङ्को मिक्लाजुङ वाड न:४ पञ्चमि डाँडा साँगितिक कार्यक्...
-
भारी वर्षाका कारण उर्लाबारी क्षेत्र भएर बग्ने खोलानालाम...
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ
-
कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन