उद्घाटन खेलमा वडा नं. २ बिजयी सेमीफाइनल प्रवेश
-
NayaNaya Khabar
- 147 दिन अगाडि

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकमा सोमबारबाट शुरु भएको तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० को उद्घाटन खेलमा वडा नं. ५ लाई १–० अन्तरले हराउँदै वडा नंं. २ विजयी हुदै सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको उद्घाटन खेलमा गत बर्षको उपाधी बिजेता वडा नं. ५ लाई वडा नं. २ ले हराउँदै आफ्नो सेमीफाइनलको यात्रा सुनिश्चित ग¥यो ।
खेलको सुरु बाटै आक्रमक खेल प्रस्तुत गरेको वडा नं. २ ले पहिलो हाफमा केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन । रक्षात्मक साथै आक्रमक रुपमा खेल खेलीरहेको वडा नं. ५ ले पनी पहिलो हाफमा केही राम्रा अवसरहरु पाए पनी गोल गर्न सकेन पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।
मध्यान्तर पछीे खेलको ४ औं मिनेटमा वडा नं. २ का जर्सी नं. ११ का जस्मिन लिम्बुले गरेको आकर्षक प्राहारले जाली चुम्दै खेलाई १–० ले अग्रता दिलाए वडा नं. २ का जस्मिन लिम्बुले गरेको त्यही गोल निर्णायक गोल बन्यो । वडा नं. ५ ले केही राम्रा अवसरहरु पाए पनी खेलमा फर्कन सकेन ।
सोमबारको खेलमा म्यान अफ द म्याच वडा नं. २ का जर्सी नं. ११ जस्मिन लिम्बु घोषीत भए । खेलको उद्घाटन मोरङ क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य माननिय डिक बहादुर लिम्बुले खेलका एम्पायर बिनोद धिमाल र मदन काफ्लेलाई बल दिएर गर्नु भएको थियो । साथै शान्तिको प्रतिक परेवा समेत उडाइएको थियो । भोलीको खेल मध्यान्ह् ३ बजे मनोहर जनाता मा वि को खेल मैदानमा मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र वडा नं. ९ बिच हुने खेल आयोजक व्यवस्थापन समिति सचिब इन्द्र श्रेष्ठले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा मोरङ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य सांसद माननीय डिक बहादुर लिम्बु, मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राई, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिचीङ, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत डम्बरु बल्लभ बराल, लेखा अधिकृत शुशिल बास्तोला, मिक्लाजुङ गाउँपालिका वडा नं. १ देखी ९ सम्मका वडाध्यक्षहरु , राजनैतिक दलका प्रतिनिधीहरु, संघसंस्था प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । खेल हेर्न मनोहर जनाता माविको खेल मैदानमा हजारौं दर्शकको उपस्थिती रहेको थियो ।
अध्यक्ष कफ फुटबल प्रतियोगिता २०८० उद्घाटनको पुर्व सन्ध्यामा मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकाका कर्मचारीहरु बिच मैत्री पुर्ण फुटबल प्रतियोगिता भएको थियो । जसमा मिक्लाजुङ गाउँपालिका कर्मचारी टिम १–० बिजयी भएको थियो ।
-
-
-
-
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?
-
वडा नं. ७ बिजयी
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
अर्काकी स्वास्नी ।
-
संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ
-
बस्न्यातको रिटमा कारण देखाउ आदेश