सार्वजनीक सुनवाई तथा योजना तर्जुमा सम्बन्धी छलफल सम्पन्न
-
NayaNaya Khabar
- 888 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वाडा नं. ५ ले आर्थिक बर्ष ०७९÷०८० मा भएका बिभिद गतिविधीहरुकोे बारेमा सार्वजनीक सुनवाई र आ.ब. २०८०÷०८१ का लागि योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा वडा कार्यालयको प्राङ्गडमा सोमबार सम्पन्न कार्यक्रममा आ.ब. ०७९÷०८० मा भएका सार्वजनीक सरोकारका बिषयमहरुमा वडा बासीहरुले जिज्ञासा राखेका थिए । सो कार्यक्रमा नेकपा एमाले मिक्लाजुङ वडा नं. ५ वडा शाखा कमिटले मिक्लाजुङ गाउँपालिका वडा नं. ५ ले बिगतमा गरेका कामहरुको बारेमा टिप्पणी र आगामी बर्षका योजनामा समेटनु पर्ने वडा स्तरीय र टोला स्तरीय योजनाहरुको बारेमा मनोज ढकालले सुझाब राख्नु भएको थियो ।
आर्थिक बर्ष ०७९÷०८० मा भएका विकास गतीबिधी र अगामी बर्ष सञ्चालन गर्नु पर्ने योजनाहरुको बारेमा वडाबासीहरुले निर्धक्क साथ आफ्ना गुनासाहरु साथै सुझाब दीएका थिए । कार्यक्रममा उठेका जिज्ञासाहरु वडाले सञ्चालन गर्ने योजना र पालीका स्तरमा बाट हुने योजनाहरुको बरेमा आएका जिज्ञासाहरुको सामाधान कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेल, प्रमुख प्रशासकिय अधिकृत डम्बरु बल्भ बराल र वडाध्यक्ष मेघनाथ तामाङले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब खेम दंगालले गर्नु भएको थियोे ।
-
-
-
-
-
विवादै विवादले घेरिएका चार्ल्स
-
३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य त...
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने जंगलभित्...
-
दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
-
प्रिय मान्छे
-
रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण...
-
Laboriosam facilis cumque fugiat saepe

