खाडीमा भेटौँला!
-
NayaNaya Khabar
- 1302 दिन अगाडि
मलाई बारम्बार झस्काउँछ
खाडीमा भेटौँला
जापानको यात्रा सफल रहोस्
कोरियाको यात्रा सफल रहोस्
जस्ता हृदयविदारक कथनहरूले
थाकेको तन अनि मन
उदासीन आँखा
ओठमा फिक्का हाँसो
भविष्यको चिन्ता बोकेर
ती गल्लीहरूमा
ती चोकहरूमा
थुप्रै मजस्ता महरू भेटिन्छन्
सुनौलो भविष्यको खोजीमा
कयौं चाहनाहरू भत्किन्छन्
कयौं सपनाहरू भत्किन्छन्
कयौं आशाहरू अधुरा बन्छन्
कयौं सम्बन्धनहरू टुटेर जान्छन्
त्यही सुनौलो भविष्यको खोजीमा
म सक्दिनँ अब जहिले राजनीति
किचलो हेरिरहन
उराठ लाग्छ पहाड पनि
हाँसिरहेको देख्छु
पतझड पनि सुन्दर लाग्छ
तिम्रो त्यो लालच देखेर
लाग्छ सरकार तिमी हुनु र
नहुनुमा केही फरक छैन
त्यसैले अब खाडीमा भेटौँला।
-
-
-
-
-
मिक्लाजुङलाई सहयोग गर्न गाउंपालिका अध्यक्षको राष्ट्रपति...
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं....
-
वडा नं. ७ सेमी फाइनलमा
-
मिक्लाजुङ गाउँपालिकाले प्राकृतिक विपद्का पीडितका लागि ७...
-
जनताको आँगनमै आशा बोकेर पुगेका खड्ग फागोको अभियानले मत...