खाडीमा भेटौँला!
-
NayaNaya Khabar
- 1256 दिन अगाडि
मलाई बारम्बार झस्काउँछ
खाडीमा भेटौँला
जापानको यात्रा सफल रहोस्
कोरियाको यात्रा सफल रहोस्
जस्ता हृदयविदारक कथनहरूले
थाकेको तन अनि मन
उदासीन आँखा
ओठमा फिक्का हाँसो
भविष्यको चिन्ता बोकेर
ती गल्लीहरूमा
ती चोकहरूमा
थुप्रै मजस्ता महरू भेटिन्छन्
सुनौलो भविष्यको खोजीमा
कयौं चाहनाहरू भत्किन्छन्
कयौं सपनाहरू भत्किन्छन्
कयौं आशाहरू अधुरा बन्छन्
कयौं सम्बन्धनहरू टुटेर जान्छन्
त्यही सुनौलो भविष्यको खोजीमा
म सक्दिनँ अब जहिले राजनीति
किचलो हेरिरहन
उराठ लाग्छ पहाड पनि
हाँसिरहेको देख्छु
पतझड पनि सुन्दर लाग्छ
तिम्रो त्यो लालच देखेर
लाग्छ सरकार तिमी हुनु र
नहुनुमा केही फरक छैन
त्यसैले अब खाडीमा भेटौँला।
-
-
-
-
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
देवकोटा मा.वी मा विद्यालय व्यवस्थापन समिति गठन
-
उर्लाबारी,मधुमल्ला,तोरीबारी,फुङ्नाम,दशमी ,दारेगौंडा,चिस...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
हेल्लो नेता जी
-
निर्माण भएको ७ दीन नबित्दै कालोपत्रे उक्कीयो ।
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...