प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं. हरिशङ्करको भाषण सुन्न गएको थियो । न्याय र समानताका पक्षमा, जातिपाती र छुवाछुतका विरुद्धमा एवम् प्रजातन्त्रको पुनस्र्थापनाका सन्दर्भमा पण्डितजीको धाराप्रवाह भाषणले मुग्ध भएर अन्य श्रोताहरुसँगै जुठेले प

  • this is image NayaNaya Khabar
  • 577 दिन अगाडि

theme

किशाेर निराैला
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं. हरिशङ्करको भाषण सुन्न गएको थियो । न्याय र समानताका पक्षमा, जातिपाती र छुवाछुतका विरुद्धमा एवम् प्रजातन्त्रको पुनस्र्थापनाका सन्दर्भमा पण्डितजीको धाराप्रवाह भाषणले मुग्ध भएर अन्य श्रोताहरुसँगै जुठेले पनि थप्पडी बजायो । आफ्नो प्रशन्नता व्यक्त 
ग¥यो । त्यसको भोलिपल्ट ठूलो एकादशी परेकाले जुठेले पनि बिहानै नुहाइवरी तुलसीको मठलार्ई ढोगेको मात्र के थियो पछाडीबाट जुठेको पुठ्ठामा जमाएर लात बजार्दै पण्डितजी गर्जिए । 
“तेरीमा डाँग्रा ! आफ्नो हैसियत विर्सेर तुलसीको मठ छुने तैँले ? विशुद्ध ब्राह्मणले पूजा गर्ने मठलार्ई विटुलो पार्ने ? पाजी, तेरो यत्रो हिम्मत ?”
“तर हजुर !” पिटाई खाँदाखाँदै पनि जुठेले प्रतिवाद ग¥यो – “हिजोको भाषणमा त हजुरले जातीपाती केई होइन, छुवाछुत गर्नुहुन्न मर्जी भा’ होइन र ?”
“अझ बढ्ता बोल्छस् बजिया ! तँलार्र्ई पनि राजनीतिको हावा लाग्या जस्तो छ । सभामा त्यस्तो कुरा त जनतालार्ई मूर्ख बनाउन बोलिन्छन् । तर बजिया, आफ्नो औकातमा बसेस् र धारा, मठ, मन्दिर छुने हैन, घरभित्र पाइला हाल्ने हैन नत्रभने कालै नआई मास छर्न जानु पर्ला भन्ने होस गरेस् ।” जुठेलार्ई अवाक अवस्थामा छाडेर पण्डितजी हान्ने राँगोझँै फुँफुँ गर्दे घरभित्र पसे । त्यो घटना घटेपछि जुठेले तुलसीको मठ, धारा, आदि छुने साहस कहिल्यै गरेन । राजधानीजस्तो ठाउँमा बसेर पनि उसको संसार भन्नु नै पण्डितजीको गाईगोठ, तरकारीबारी र जुठेल्नो वरिपरिको सीमारेखा थियो । ताप्लेजुङको अनकण्टार गाउँबाट कमाउन शहर झरेको जुठे दमाईले पण्डितको कुटाइ, पण्डितनीको गाली र उनीहरुका पुत्र–पुत्रीहरुको हप्काई सबै चुपचाप सहनुको एउटै अर्थ थियो –जागीर । पण्डितजीको घरमा केवल बिहान बेलुकाको खान र एक झुम्रोको वदलामा दुई बर्षसम्म सश्रम सेवा गरे वापत पण्डितले उसलार्ई कतै न कतै पिउन वा चौकिदारको जागीरमा लार्ईदिने वचन दिएका थिए । त्यसैले भोको पेट बसेर र आङभरि नीलडाम सहेरै भए पनि जुठेले सुखमय भावी दिनहरुको कल्पना गरेर सबै पीडाहरु पचाइरहेको थियो, सहिरहेको थियो । बेलाबेलामा पण्डितका सामु ऊ जागीरको कुरा निकाल्न खोज्दै थियो । तर पण्डित हरिशङ्करलार्ई जुठेको गन्थन सुन्ने फुर्सद र ध्यानै कहाँ थियो र ? उनी  बाहिरबाहिर प्रजातन्त्रवादी देखिए तापनि भित्र–भित्रचाहिँ प्रतिकार समितिका बैठकहरुमै व्यस्त थिए । एक दिन, दुई दिन गर्दे जुठे पण्डितजीको घरमा काम गर्न बसेको पनि डेढ बर्ष बितिसकेको थियो । त्यसैले कतै बूढाले दुई बर्ष वितेपछि पनि जागीर नलगाई दिने हुन कि भन्ने शङ्का आशङ्काले उसको मन पिरोलिन थालेको थियो । त्यसैले एक दिन आँट गरेरै उसले पण्डितजी सामु आफ्नो मनको बह पोख्यो । 
“तेरिमा भतुवा ! तँलार्ई धानको भात नपचेको, डाँग्रा । आफूलार्ई यहाँ कत्रो चिन्ता छ तँ भातमारालार्ई जागीरकै चिन्ता छ । अहिले म केही गर्न सक्दिन । काम गर्ने भए गर, नगर्ने भए जानलार्ई ढोका खुल्ला छ । कालो जान्छ, गोरो आउँछ ।”
“तेसो भनेर काँ’ भो र हजुर ! कि त मलार्ई जागीर लार्ईदिनु परो, हैनभने ऐले सम्मको मेरो मिनेत ज्याला दिनु परो” –जुठेले पण्डितजीलार्ई यतिमात्र के भनेको थियो, पण्डितजीले आफ्ना अरौटे भरौटेहरुलार्ई लगाएर जुठेलार्ई मरणान्त हुनेगरी चुटाएर बागमतीमा फाल्न लगाए । 

जुठेको बाँच्ने दिन बाँकी भएकैले होला एकजना दयालु बृद्व मगन्तेको दृष्टि माघको ठिहीमा बाग्मतीको किनारमा लडिरहेको शारीरिक रुपले हट्टाकट्टा लाठे जुठेमाथि प¥यो । धनीले घृणापूर्वक फालेको जुठेलार्ई गरीव मगन्तेले स्नेहपूर्वक अँगाल्यो, क्षमताले भ्याएसम्म उसको सेवा सुश्रुषा ग¥यो । पशुपतिनाथको ढोका कुदाकुर्दे अलि सञ्चो भएपछि ऊ गलैँचा मजदूर हुन पुग्यो । । सामान्य गलैँचा मजदूरबाट ऊ एउटा दक्ष बुनकर बनिसकेको थियो । तर उसले आफूलार्ई ढाँट्ने, आफ्नो श्रमको शोषण गर्ने र बाहिरबाहिर प्रजातन्त्रवादी देखिने तर भित्रभित्रै प्रतिकार समितिको प्रमुख सदस्य पण्डितलार्ई समाजमा नङ्ग्याउन चाहन्थ्यो । त्यसैले रात परेपछि न्यानो अभिवादन गर्दै ज्ञानगुन, चेतना र अधिकारका कुराहरु बुझाएर आफ्नो कर्तव्यप्रति सचेत गराउन आउने कमरेडहरुको बिचार सुन्न ऊ एक कदम अगाडि सर्दै भेट हुने ठाउँमा पुगिसकेको हुन्थ्यो । 

समयले कोल्टे फे¥यो । जनताका छोराछोरीहरुले आफ्नो प्राणको आहुति दिएरै भए पनि प्रजातन्त्रको पुनर्थापना गरेरै छाडे । जुठे पनि अब पहिलाको निमुखा, लाटो सुधो जुठे थिएन । अब त ऊ आपूmले आफूलार्ई चिन्ने भैसकेको थियो । त्यसैले अब कसैले उसलार्ई ठग्न सक्दैन थियो, कसैले उसको श्रमको शोषण गर्न सक्दैन थियो । यतिखेर सचिवबाट अवकाश पाएर पण्डितजी ढाक्रे बनिसकेका थिए भने जुठे चाहिँ जनताका हिमायतीहरुको पार्टीको सक्रिय कार्यकर्ता भैसकेको थियो । त्यसैले पुरानो हिसावकिताव फछ्र्यौट गर्ने ध्येयले ऊ पण्डितजीकै घर छेऊमा डेराजम गर्न आइपुग्यो । त्यो नयाँ डेरामा सरेपछिको करिब एक महिनाको अवधिमा जुठे र पण्डितजीको दुई तीन पटक देखादेख भेटाभेट भइसकेको थियो र प्रत्येक पटक जुठेले ओठ लेप्य्राएर पण्डितजीलार्ई धक्का लगाउन छाडेन । जुठेले आफूलार्ई जिस्क्याउँदा छोइँदा पण्डितजीको मुहारमा प्रकट भएको भावले उनीभित्र घृणा र रिसको आगो सल्केको प्रस्टै देखिन्थ्यो । वास्तवमा जुठे पनि यस्तै होस् भन्ने त चाहन्थ्यो । पण्डितजीको क्रोधाग्निलार्ई अझ ठूलो पार्न एक दिन जुठेले पण्डितजीको मुलढोकासँगै जोडिएको सार्वजनिक धारामा मुखै लगाएर पानी पिएको मात्र के थियो– पहिला पण्डितनी फरिया उचाल्दै र जुठेलार्ई मात्रै नभएर उसका पितापूर्खालार्ई समेत सराप्दै आइन्भने पण्डितनीको पछिपछि तथानाम बक्दै पण्डितजी पनि गेट बाहिर आए । हल्लाखल्ला सुनेर तमासेरुको पनि ठूलै भीड लाग्यो । त्यसपछि पण्डित र पण्डितनीलार्ई इङ्गित गरेर भीडलार्ई सुनाउँदै जुठे पनि गज्र्यो –“पञ्चायती व्यवस्थाको धङधङीमा बाँचिरहेका पण्डित–पण्डितनी । अव देशमा प्रजातन्त्र आईसक्यो, मुलुकी ऐनले छुवाछुतलार्ई हटाईसक्यो भने तिमीहरुले मात्रै एक्लो ढेंडु बनेर के छुवाछुतको ढ्वाङ फुक्छौ ? के तिर्खा भनेको बाहुनलार्ई मात्र लाग्छ ? कामी, दमाइ, सार्कीलार्ई लाग्दैन ? तिमी कसरी उच्च भयौ र हामी कसरी निच भयौँ ? काट्यो भने रगत तिम्रो पनि रातै आउँछ । मान्छे महान र उच्च हुन त उसैले त्यस्तो महान र उच्च कर्म गर्नुपर्छ । अनिमात्र ऊ महान र उच्च बन्न सक्छ । जातीयताको फोस्रो घमण्डलार्ई अब समयले कुल्चिसकेको छ र समयको गति अनुसार हिंड्न सिक, नत्रभने समयको वेगले तिमीहरुको नाम निशान समेत मेटिदिनेछ । ल भन, तिम्रो कुन चँै कानूनमा दमैले सार्वजनिक धाराको पानी खान हुन्न भनेर लेखेको छ, भन ।”
“हो, हो सार्वजनिक धाराको पानी पिउन पनि नपाउने त हुुनु हुँदैन है । यो त अति नै भयो ।” भीडबाटै कोही करायो । 
“त्यति मात्र होइन पण्डित । तिमीले जसरी जागीरको लोभ देखाएर मलार्ई दुई बर्षसम्म गोरु जोताए झैँ जोतायौ, त्यो मेरो पसिनाको मोल पनि अव तिमीले चुकाउनै पर्छ । नत्र म प्रहरीमा उजुरी गर्छु । मानव अधिकारवादी सङगठनहरुकहाँ पुग्छु । मैले मेरो मेहनतको फल पाउनै पर्छ । आज म आफ्नो ज्याला छाड्दिन, लु नदिने मात्रै भन त ।” भीडमा उभिएर जुठे आफ्नो सम्पूर्ण शक्ति लगाएर चिच्याईरहेको थियोभने उता पण्डित र पण्डितनी चाहिँ भुङ्ग्रोमा परेको मुसाझैँ डरले थरथर कामिरहेका थिए । 
“दाजुभाई, दिदी बहिनीहरु । म गाउँले सोझो मान्छेलार्ई यी बूढा बूढीले यति अत्याचार गरेका छन् भनेर साध्यै छैन । यिनीहरुले मेरो पसिना सित्तैमा खाएका छन् । मैले मेरो मेहनतको फल पाउनै पर्छ, कि कसो साथी हो ।” –कराउँदाकराउँदै जुठे स्वयं र उसको घाँटी समेत थाकिसकेको थियो । 
“हो हो, पाउनै पर्छ । गरीव भनेर हेप्न पाइन्न । उसको पसिना त्यसै खान पाइन्न ।” –सम्पूर्ण तमासेहरुले पनि जुठेका लागि आवाज बुलन्द गरे त्यसबेला बोल्न चाहेर पनि भीडको अघिल्तिर पण्डित दम्पत्ती निरीह प्राणीका रुपमा थरथरी भइरहेका थिएभने क्रमशः भीडचाहिँ तातिरहेको थियो, जुठेको समर्थनमा व्यापक आवाज उठिरहेको थियो ।