कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
NayaNaya Khabar
- 938 दिन अगाडि
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
१ लाख ७५ हजार विद्यार्थीको पढाइ प्रभावित
विराटनगर । शिक्षकहरू आन्दोलनमा गएपछि कोशी प्रदेशका ५ हजार ३ सय ९३ विद्यालय बन्द भएका छन् । शिक्षकहरू आन्दोलनमा उत्रिएपछि प्रदेशका सामुदायिक विद्यालयको पठन पाठन अवरुद्ध भएको हो । आन्दोलनका लागि काठमाडौँ नगएका शिक्षकहरूले पनि कक्षा बहिस्कार गरेपछि सामुदायिक विद्यालयको पठन पाठन हुन सकेको छैन ।
आन्दोलनमा नगएका शिक्षकहरू विद्यालयमा गए पनि हाजिरी गरेका छैनन् । उनीहरूले सादा कपीमा उपस्थिति गरेका छन् । शिक्षकहरूको आन्दोलन र विद्यालय बन्दको हल्लाले गर्दा विद्यार्थीहरू समेत नआएको विद्यालय व्यवस्थापन समितिहरूले बताएका छन् । इटहरी स्थित जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले विद्यालयमा पठन पाठन नभएको बताए । उनले शिक्षकहरूले नपढाएका कारण विद्यालय सञ्चालन हुन नसकेको जानकारी दिए । उनले भने, शिक्षक साथीहरू विद्यालय आउनु भएको छ ।आन्दोलन चलिरहेको भन्दै नपढाएपछि कक्षा सुचारु हुन सकेन । सुनसरीको इनरुवा स्थित सरस्वती माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले विद्यालयमा पठन पाठन नभएको बताए । शिक्षकहरूले नपढाएका कारण विद्यालय आएका विद्यार्थी समेत फर्किएको यादवले बताए ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश शैक्षिक योजना, तथा अनुसन्धान शाखाका प्रमुख यादवप्रसाद दुलालले प्रदेशमा रहेका सामुदायिक विद्यालयमा पठन पाठन भएको जानकारी नआएको बताए । उनले भने अहिले सम्म कुनै पनि विद्यालयमा पठन पाठन भएको जानकारी मन्त्रालयमा आएको छैन । सूचना नै निकालेर विद्यालय बन्दको आव्हान भएका कारण पठन पाठन प्रभावित भएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा ५ हजार ३९३ वटा सामुदायिक विद्यालय छन् ।कोशी प्रदेशमा सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी १६ हजार ६५७ र राहत अनुदान शिक्षकको सङ्ख्या ३ हजार ८ सय ४० रहेको छ । सामुदायिक विद्यालयमा एक लाख ७५ हजार विद्यार्थी अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।
-
-
-
-
-
जापानका सांसद कुबोटा बीच भेटवार्ता
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन
-
Laboriosam facilis cumque fugiat saepe
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...
-
आज 'राेज डे', यसरी मनाइन्छ 'प्रणय' सप्ताह
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...