सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान कहिले जाने

  • this is image NayaNaya Khabar
  • 713 दिन अगाडि

theme

खगेन्द्र चौहान/मधुमल्ला

देशभर सडक तथा बजार क्षेत्रमा सडक बत्तिको अवधारणा ब्यापक चलिरहेको छ । यस्तो अवस्थामा देशका प्रमुख सहर जस्तै मोरङको मिक्लाजुङले पनि निकै उत्साहजनक प्रगति गरिरहेको छ । यो खुसिको कुरा हो । तर के हामिले गरेका बिकाशका सबै कार्यमा समयानुकुल चल्नु आवश्यक छैन होला त ?

सडक बत्ति तथा यसको जडानको बिषयले निकै राम्रो प्रस्तुति दिइरहेको हाम्रो सरकारले अब एक स्टेप माथि गएर सोच्ने समय भएको जनताले महसुस गर्न थालेका छन । बिषय हो स्मार्ट सडक बित्तिको ।

अहिले जोडीएका सडक बत्ति कमजोर हुने, चाँडै बिग्रने तथा बल्दै नबल्ने प्रकारका हुन्छन । तर स्मार्टलाइट निकै गुणस्तरिय छ, हत्तपत्त बिग्रदैन, बल्दै नबल्ने समस्या हुँदैन, लामो समय चल्ने भएकोले खर्च कम हुनुका साथै यसले पर्याप्त मात्रामा उज्यालो दिने गर्दछ । जसका कारण सडक दुर्घटना निकै कम हुने गर्दछ ।

स्मार्ट लाइट सफ्टवेरबाट अनुगमन गर्न मिल्छ । कहाँको लाइट कति बल्यो ? कहाँ बलेन ? सफ्टवेरबाट हेर्न सकिन्छ । यस्तो लाइटलाइ कन्ट्रोल गर्न पालिका तथा बिझुत् प्राधिरणमा कन्ट्रो रुम हुने गर्दछ । यो अत्याधुनिक प्रबिधियुत्त डिजिटल लाइट कुन बेला बाल्ने र निभाउने कन्ट्रोलरुमबाटै गर्न सकिन्छ । चाहेको समयमा लाइटलाइ कम गर्न पनि सकिन्छ ।

 बजार बिस्तार सँगै चहलपहल बृद्धि भइरहेको सडक तथा बजार क्षेत्रमा स्मार्टलाइट जडानमा सरकारको ध्यान जानसके मिक्लाजुङ गाउँपालिका विकाशमा एक स्टेप अगाडि बढ्ने तथा यस पालिकाबाट अन्य नगर तथा पालिकाहरुले सिको गर्ने वातावरण बन्न सक्छ । यो भनेको मिक्लाजुङको चिनारीमा नयां आयाम थप हुनु समेत हो । 

अन्य पालिका तथा नगर बिकाशको सिको हामिले होइन हाम्रो  पालिकाको सिको अरुले गर्न लालायीत हुन् भन्ने परिकल्पना सहित बिकाशको कार्य हाम्रो सरकारले गर्न सके मिक्लाजुङ तथा यहाँका जनताले हामि दुर्गम क्षेत्र मिक्लाजुङ बासि हौ भनेर गौरबका साथ भन्न सक्ने वातावरण बन्ने कुरामा विमत छैन ।

यसर्थ सडक बत्तिमा मात्र होइन हरेक बिकाशका गतिबिधिमा एक स्टेप माथि गएर सोच्ने र प्रबिधिसँगै चल्ने बिषमा ध्यान जान सके मिक्लाजुङ सरकार सँगै यहाँका जनाताले हाम्रो सरकार जसले काम मात्र होइन नयाँनयाँ प्रबिधि सहित बिकाश निर्माणमा अघी बढ्दै छ भन्ने घमन्ड गर्न पाउने बिषय थप बलियो हुने थियो ।