ईलामले चुलाचुली अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद भागवत सप्ताह
- NayaNaya Khabar
- 81 दिन अगाडि
चुलाचुली गाउपालिका ईलामले चुलाचुली अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद भागवत सप्ताह महापुराण तथा ज्ञान यज्ञ २०८१ आयोजना गर्ने भएको छ । चुलाचुली गाउपालिकको वडा नम्बर २ बाह्रगोठेमा आर्थिक वर्ष २०७७ । ०७८ बाट संघिय सरकारको आर्थिक सहयोगमा निमार्ण शुरुवात गरिएको सो पालिका अस्पतालको आर्थिक वर्ष २०८० मा निमर्ण सम्पन्न भएको हो । १५ शैंया क्षमता भएको पालिकाको गौंरवको आयोजना उक्त आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने विषेशज्ञ डाक्टरहरु, प्राविधिक सामाग्रीहरुका अभावलाई पूर्णता दिनका लागि यो अभियान सञ्चालन गर्नुपर्ने आवश्यक परेको महापुराण तथा ज्ञानयज्ञ मुल आयोजक समिति तथा गाउपालिकाका अध्यक्ष राजेन्द्र केरुंगले बताउनु भयो । अस्पतालको अक्षयकोष स्थापना गर्न । नागरिकहरुलाई सुलभ स्वास्थ्य सेवा पुर्याउन । २४ सैं घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्न । गाउपालिकाको आर्थिक र सामाजिक रुपान्तरणमा टेवा पुर्याउन । पालिकाको गौंरवको आयोजनालाई सार्थकता दिन । सामाजिक सद्भावनको विकाससहित नागरिक सहभागीताको सन्देश प्रवाह गर्ने उदेश्यका साथ समावेशी ज्ञान यज्ञ सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । आगामि कार्तिक २६ गतेबाट मंसीर ३ गते सम्म सप्ताहव्यापी रुपममा सञ्चालन हुने महापुराणमा विधुसी राधिका दाशी , हेवन्ली पाथका ओम नन्द , किरात धर्मगुरु आत्मनन्द लिंगदेन लगायतका विभिन्न धर्मका धार्मिक गुरुहरुबाट दैंनिक कथा वाचन र प्रवचन हुनेहुदा यसले धार्मिक सदभाव र समावेशीताको सन्देश समेत विश्वभर फैंलने आशा समेत आयोजकलाई रहेको जानकारी दिनु भयो । चुलाचुली जातजाती , हावापानी , भुगोलले समेत समावेशी र विविधताले भरिएको पालिका भएकोले पनि यसखाले शोचबाट जन्मीएको महापुराणमा एक करोड रुपैंया संकलन गर्ने लक्ष्य रहेपनि करिब ३५ लाख खर्च हुने अनुमान आयोजक समितिको रहेको छ । यस आयोजनका लागि चुलाचुली गाउपालिकाका जनप्रतिनिधिहरुबाट २ भन्दा बढी र पालिकाका कर्मचारीहरुबाट पनि २ लाख भन्दा बढी रकम सहयोग संकलन भइसकेको छ । आगामि ज्ञानयज्ञमा भूमि,तुलादान वा नगद दान सहयोग गर्नुहुने दानवीर दाताहरुलाई कार्यपालिकाको बैंठकको निर्णयबाट रथयात्र , ताम्रपत्र, सम्मान पत्र , दोसल्ला, तीनपुस्ते विवरण राख्ने , शिलालेखमा नाम अंकित गर्ने जस्ता सम्मानका कार्यक्रमहरु समेत गरिने छ । हाल पालिकाको प्रशासनिक भवनबाटनैं सेवा सञ्चालन गरिरहेको पालिका अस्पताल आगमि मंसीर २ गतेका दिन नवनिर्मित भवनबाट सेवा सञ्चालनमा ल्याईन भएको छ । उद्घाटनका अवसरमा संघिय स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौंडेल र ईलाम २ का संघिय सांसद सुहांग नेम्बांगको आतिथ्यमा हुने भएको छ । चुलाचुली गाउपालिकाको अध्यक्ष राजेन्द्र केरुंगको अध्यक्षतामा सञ्चालित उक्त पत्रकार सम्मेलनमा पालिकाका उपाध्यक्ष दिल कुमारी योंगहांग , लावती , प्रमुख प्रशासकिय अधिकृत दिल कुमार लिम्बू , वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ , वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुुमार श्रेष्ठ , वडा नम्बर ४ का वडाध्यक्ष सागर जवेगु , वडा नम्बर ५ का वडाध्यक्ष वाविन राई , कार्यपालिका सदस्यहरु , ज्ञान यज्ञ समितिका पदाधिकारीहरुको उपस्थीति रहेको उक्त पत्रकार सम्मेलनले चुलाचुली गाउपालिका , ईलाम जिल्ला लगायत संसार भरि रहनु भएको आम नगारिकहरुलाई चुलाचुली गाउपालिकाको गौंरवको योजना चुलाचुली आधारभूत अस्पताल सञ्चालनमा सहयोग पुर्याउन उक्त सप्ताहव्यापी महापुराणमा कथा श्रवण गर्न सबैंलाई उपस्थीत हुन आव्हान गरिएको गरेको छ । कार्यक्रम आयोजक समितिका सदस्य सचिव विवश बलिभद्र कोईरालाले सञ्चालन गर्नु भएको थियो ।
-
-
वडा नं. ३ सेमीफानलमा
-
मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्...
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...
-
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता क...
-
भूमिहीनको हकमाथि राजनीति
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
मुक्तक डढेलाेकाे उज्यालाे
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
कृषकहरुलाई कृषी औजार वितरण