विवादै विवादले घेरिएका चार्ल्स

  • this is image NayaNaya Khabar
  • 656 दिन अगाडि

theme

लामो पखाईपछि अन्ततः चार्ल्स तृतीया बेलायतको राजा भएका छन् । महारानी एलिजावेथ द्वितीयाको मृत्युपछि बेलायतको इतिहासमा सबैभन्दा लामो समय सत्ता पर्खेका चार्ल्सले राज्यारोहण गरेका हुन् । 

लामो समय शासनको उत्तराधिकारीका रूपमा उनका हरेक क्रियाकलापमाथि सार्वजनिक नजर रह्यो । यस अवधिमा उनी विभिन्न विवादमा पनि फसे । यी विवादको परिपेक्षमा उनको भावी शासनको कस्तो चित्र बन्छ त ?

रानी एलिजावेथको अन्त्येष्टीको लागि छुट्याइएको राष्ट्रिय शोकको अवधि र राज्याभिषेक अघिको समयमा चार्ल्सले राजाको रूपमा आफ्नो छविलाई परिभाषित गर्न सक्छन् । तर विगत दशकमा उनी संलग्न विभिन्न प्रकरणले एक राजाको रूपमा उनी कस्तो व्यवहार गर्नेछन् भन्ने केही सङ्केतहरू देखिन्छ ।
डायनासँग विवाहित रहँदा अफेयर

राजकुमारी डायनासँग विवाहित रहँदा रहदै अहिलेकी रानी(क्वीन कन्सोर्ट) क्यामिलासँग अफेर सार्वजनिक भएपछि चार्ल्स र क्यामिला दुवै निक्कै अलोकप्रिय बनेका थिए ।

चार्ल्सकी हालकी पत्नी क्यामिला पार्कर बाउल्ससँगको अफेयरबारे डायना आफैले खुलासा गरेकी थिइन् । ‘(चार्ल्स र आफूबीचको ) विवाहमा तीन जना रहेकाले भिडभाड भएको’ डायनाले सन् १९९५ मा बीबीसीलाई दिएको चर्चित अन्तरवार्तामा भनिन् । 

हालै एचबीओले निर्माण गरेको एक वृत्तचित्र ‘द प्रिन्सेस’ले अस्ट्रेलिया भ्रमणका क्रममा डायना आफूभन्दा लोकप्रिय भएको कुराले उनले इर्ष्या गर्ने गरेको सङ्केत गरेको छ । 

च्यारिटी विवाद 

पछिल्लो समय उनी आफ्नो परोपकारी संस्थाको चन्दाको विषयमा पनि विवादमा तानिए । जुलाईमा सन्डे टाइम्स अफ लन्डनले छापेको एक समाचार अनुसार ओसामा बिन लादेनका सौतेनी भाइहरूले सन् २०१३ मा तत्कालीन प्रिन्स अफ वेल्सको परोपकारी कोषमा १२ लाख डलर दान गरेका थिए । 

चार्ल्सको आधिकारिक कार्यालय क्लेरेन्स हाउसले भने चार्ल्सले व्यक्तिगत रूपमा ती दानको लागि आग्रह नगरेको स्पष्टीकरण दिएको थियो ।

विज्ञान विरोधी ?

वातावरण संरक्षण र जलवायु परिवर्तन विषयमा चार्ल्सको चासो तथा अभियानले प्रशंसा पाए पनि उनका सबै एक्टिभिजमको समर्थन पाएका छैनन् ।

उदाहरणका लागि २०१९ मा चार्ल्सले होमियोप्याथिक औषधिमा केन्द्रित समूहको संरक्षक बने । बिना प्रमाणमा आधारित विज्ञान मानिने हेमियोप्याथिक औषधीको प्रवर्द्धन गरेको विरोधमा ‘गुड थिंकिङ सोसाइटी’ले उसलाई ‘विज्ञान विरोधी’ भन्यो । 

कम लोकप्रिय

पछिल्ला वर्षमा बेलायती जनता चार्ल्सप्रति सकारात्मक हुँदै गए पनि उनी शाही परिवारका अन्य सदस्यहरू त्यसमा पनि उनका छोराहरुभन्दा कम लोकप्रिय देखिन्छन् । 

सन् २०२२ अप्रिलमा एउटा इप्सोस पोलले गरेको एक मत सर्वेक्षणमा झन्डै आधा ब्रिटिस नागरिकले चार्ल्सले उनका जेठो छोरा प्रिन्स विलियमलाई भावी राजा हुन बाटो छाडिदिनुपर्ने राय व्यक्त गरेका थिए । 

यूगभको मत सर्वेक्षणमा उनी ब्रिटिस शाही परिवारमा सातौँ सबैभन्दा लोकप्रिय व्यक्ति थिए । उनीअघि उनकी आमा एलिजावेथ द्वितीय, बुहारी केट, छोरा विलियम, पिता प्रिन्स फिलिप, बहिनी प्रिन्सेस एनी र भान्जी जारा टिन्डल थिए । 

संवैधानिक राजतन्त्रको मूल्य विपरीत सक्रियता

चार्ल्समाथि ब्रिटिस सरकारको कामलाई प्रभावित बनाउन खोजेको आरोप समेत लाग्यो । सन् २०१५ मा चार्ल्सले बेलायत सरकारका मन्त्रीले समेत नदेखेका कागजातमाथि पहुँच पाउने गरेको खुलासा भयो । 

द गार्जियनले छापेको २७ वटा मेमोले चार्ल्स विभिन्न सरकारी राजनीतिज्ञलाई प्रभावित गर्ने काममा रहेको खुलाएको थियो । 

चार्ल्स इराक युद्धको समयमा सैन्य हेलिकप्टर अर्डरदेखि ‘प्याटागोनिययन माछाको अवैध माछा मार्ने कार्य’सम्म विभिन्न विषयमा शीर्ष ब्रिटिस राजनीतिज्ञहरूलाई व्यक्तिगत रूपमा प्रभावमा पार्ने कार्यमा संलग्न रहेको देखाउँदछ । 

त्यस समयमा, क्लेरेन्स हाउसले सिंहासनका उत्तराधिकारीहरूलाई राजनीतिक विषयहरूमा जानकारी दिनु सामान्य भएको प्रतिक्रिया दियो । तर आलोचकहरूले भने संवैधानिक राजतन्त्रका सदस्यका हिसाबमा शाही परिवारका सदस्यहरूले राजनीतिलाई प्रभावित बनाउन नहुने तर्क गर्छन् ।  

विगतको एक्टिभिजममा सक्रिय संलग्नताको हिसाबले राजा भएपछि चार्ल्स सरकारी नीतिहरूलाई थप प्रभाव पार्ने प्रयास गर्छन् की भन्ने आशङ्का बढाएको छ ।