बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
NayaNaya Khabar
- 1311 दिन अगाडि
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ को बक्राहा माविलाई मिक्लाजुङ नमुना विद्यालय बनाउन पहल सुरु हुने भएको छ । मिक्लाजुङ वडा नं. ५ का युवा समाजसेवी, व्यवसायी तथा सामाजिक अभियन्ता नारायण शंकर बजगाईँको पहलमा सोमबार बक्राहा माविको कार्यलयमा भएको अन्तरकृयात्मक कार्यक्रममा बजगाईँले बक्राहा माविलाई नमुना विद्यालय बनाउन पहल गरिने बताउनु भएको हो ।
शिक्षक, विद्यालय व्यवस्थापन समिति, सि.अ. संघ लगायतको अन्तरकृयात्मक कार्यक्रममा विद्यालयका विविध विषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा हिमालयका समस्या, आवश्यक शैक्षिक सामाग्रीको व्यवस्थापन, गुणस्तरीय शिक्षामा जोड, प्रविधिमैत्री शिक्षामा पहल, विद्यार्थी माथि अभिभावको दायित्व, सुधारात्मक अभ्यास, भौतिक पूर्वाधारको निर्माण, खेलमैदान तथा सामाग्रीको व्यवस्थापन, पुस्तकालयको आवश्यकता, विद्यार्थीको उत्प्रेरणाका लागि नमुना योग्य विद्यालय हरुमा अवलोकन भ्रमण लगायतका विषयमा अन्तरकृयात्मक कार्यक्रम गरिएको बक्राहा माविका प्रअ नथुनी चौधरीले बताउनु भयो ।
त्यस्तै एक हप्ताभित्र छात्र तथा छात्राका लागि खेलकुदका लागि आवश्यक पर्ने ड्रेस उपलब्ध गराउने बताउनु भएका बजगाईँले विद्यालयको बन्दै गरेको भवनलाई लागत इस्टमेट सहित काम पुरा गर्न तत्काल काम थाल्न अपिल गर्दै श्रोत जुटाउन अघि बढ्ने जानकारी दिनु भयो । अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर तुम्सा लगायतले मन्तव्य राख्नु भएको थियो ।
-
-
-
-
-
मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्...
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...
-
Amet excepteur reprehenderit cupidatat mollitia natus s...
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
Minim eiusmod ut aperiam velit sed voluptas quaerat dig...
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...