वडा नं. ७ बिजयी
-
NayaNaya Khabar
- 1081 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा सञ्चान भइरहेको तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटलबल प्रतियोगीताको दोस्रो दिनको खेलमा वडा नं. ९ लाई ३–० अन्तरले हराउँदै वडा नं. ७ विजयी भएको छ । मंगलबारको खेलको सुुरावाती चरणमा दुबै टिमले उत्कृष्ठ खेल प्रस्तुत गरेका थिए । पहिलो हाफमा वडा नंं. ७ का लागी पहिलो गोल जर्सी नं. ११ का युवाराज श्रेष्ठले गोल गर्दै टीमलाई १–० ले अग्रता दिलाए । वडा नं. ९ ले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन ।
मध्यान्तर पछीको खेलमा वडा नं. ७ का लागी जर्सी नं. १० का अनिल खड्गीले गाले गर्दै टिमलाई २–० ले अग्रता दिलाए । वडा नं. ७ का लागी जर्सी नंं. १९ का सञ्जय दनुवारले थप एक गोल गर्दै वडा नं. ७ लाई ३–० को फराकीलीलो अन्तर दीलाए । वडा नं. ९ ले केही राम्रा अवसरहरु पाए पनी गोल गर्न सकेन ।
मंगलबारको खेलामा मिक्लाजुङ वडा नं. ७ का जर्सी नं. १९ का सञ्जय दनुवार म्यान अफ द म्याच घोषित भए । दनुवारलाई म्यान अफ द म्याच मिक्लाजुङ गाउँपालिका लेखा अधिकृत शुशिल बास्तोलाले प्रदान गर्नु भएको थियो । भोलीको खेल मिक्लाजुङ गाउँपालिका वडा नंं ३ र वडा नं ८ बिच मनोहर जनाता मा वि को खेल मैदानमा मध्यन्ह् ३ बजे बाट हुने खेल आयोजक समितिका सचिब इन्द्र श्रेष्ठले बताउनु भयो ।
मंगलबारको फुटबल खेल प्रतियोगीतमा उल्लेख्य मात्रामा दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राई, वडाध्यक्षहरु शेमन्तराज दाहाल, शुशिलराज चौहान , सन्तोष मगर लगायतको उपस्थिती रहेको थियो । ं.
-
-
-
-
-
चुरेफेदी महिला साकोसको चोरी रहस्यमय
-
जनताको घरदैलोमा खड्ग फागो : समस्या सुन्दै विकासको प्रति...
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा...
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...