उर्लाबारी क्याम्पस, स्ववियु निर्वाचनः सभापतिमा कार्की र दहाल को लोकप्रिय !

  • this is image NayaNaya Khabar
  • 427 दिन अगाडि

theme

उर्लाबारी, २८ फागुन । आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उर्लाबारीको एकमात्र सामुदायिक क्याम्पस उर्लाबारी बहुमुखी क्याम्पसलाई निर्वाचनले छपक्कै छोपेको छ ।
स्ववियु निर्वाचनबाट सभापति हत्याउने दाउमा यतिबेला उर्लाबारी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसघ एक्लै र नेकपा एमाले निकट अनेरास्ववियु विद्यार्थी संगठनको नेतृत्वमा गठबन्धन गरेर सयुक्त प्यानल बनाई निर्वाचनमा विद्यार्थीहरु होमिएका छन् ।
स्थापनका कालदेखी नै यस क्याम्पसमा एकछत्र राज गर्दै आएको नेकपा एमाले निकटको भातृ संगठन अनेरास्ववियुले अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर सभापतिमा प्रिती दहाललाई उम्मेदवार बनाएको छ ।
५ विद्यार्थी संगठनले सयुक्त प्यानल बनाएर चुनावी मैदानमा होमिएको भएतापनि नेपाली कांग्रेस निकट नेविसघ भने सयुक्त प्यानललाई चुनौति दिदै नेतृत्व परिवर्तनको पक्षमा मत आव्हान गर्दै चुनावी मैदानमा उत्रिएको हो ।
यता ५ विद्यार्थी संगठनको सयुक्त प्यानलले भने स्ववियुमा पहिलो महिला उम्मेदवारलाई मतको आव्हान गर्दै चुनावी मैदानमा उत्रिएको छ ।
स्ववियु निर्वाचनका लागि नेविसंघ र अनेरास्ववियुको सयुक्त प्यानलले बिबिएस चौथो वर्षमा अध्ययनरत बिबेक कार्की र प्रिति दहाललाई उम्मेदवारी चयन गरे सगै विद्यार्थीहरुमाझ दुवै विद्यार्थी मध्ये विद्यार्थी आन्दोलनमा कस्को कति भुमिका रह्यो ? को कति लोकप्रिय ? भन्ने विषयमा विचारमन्थन हुन थालेको छ ।
अध्ययनका हिसावले दुवै जना एउटै वर्षका विद्यार्थी भएतापनि क्याम्पसमा विद्यार्थीहरुले भोग्ने गरेका समस्याहरुलाई हल गर्ने सवालमा कस्को भुमिका कति रह्यो भन्ने विषयमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु विच चर्चा हुन थालेको हो ।
नेविसंघबाट सभापति पदमा उम्मेदवार बनेका कार्की र सयुक्त विद्यार्थी संगठनबाट उम्मेदवार बनेकी दहालका विचमा तुलानात्क रुपमा विद्यार्थीको हकहित र विद्यार्थीले क्याम्पसमा भोग्ने गरेका समस्याहल गर्न अग्रपंक्तिमा काम गर्ने शिलशिलामा कार्कीको शक्रियाता बढी रहेको विद्यार्थीहरु बताउछन् ।
कार्कीको उपस्थिती क्याम्पसमा नियमित हुने गरेका कारण उनले विद्यार्थीहरुले भोगेका समस्याहरुलाई नजिकबाट बुझेको विद्यार्थीहरुको तर्क छ ।
यस्तै सभापति पदकी उम्मेदवार दहाल विद्यार्थीहरु माझ परिचित अनुहार भएपनि विद्यार्थीे आन्दोलनमा उनको नेतृत्वदायी भुमिका नरहेको विद्यार्थीहरु बताउछन् ।
बिगतमा क्याम्पसमा विद्यार्थीले शैक्षिक सुधारका लागि उठाएका आवजहरुमा कार्की जहिले पनि अग्रपंक्तिमा उभिएर प्रतक्षय रुपमा नेतृत्वदायी भुमिका निभाउदै आएको भएतापनि कार्की सगै सभापती पदमा प्रतिष्पर्धामा उत्रिएकी दहालको भने त्यस्तो भुमिका नदेखिएको बिएड दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थी अञ्जना न्यौपाने बताउनु हुन्छ ।
कार्कीले विद्यार्थीसंग प्रत्यक्ष सरोकार राख्ने पठन-पाठन, पुस्तकालय व्यावस्थापन तथा विद्यार्थीहरुको सुविधाका लागि क्याम्पस बसको माग गर्ने लगायतका विषयमा नेतृत्वदायी भुमिका निर्वाह गरेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु बताउछन् ।
यता ५ विद्यार्थी सगठनले भने नेपालको मुल राजनैतिक पार्टी हुन अथवा ति राजनैतिक पार्टी सग जोडिएका भातृ संगठन, जस्को कार्यकारी पदमा महिलालाई नेतृत्व दिन हिचकिचाउने परम्परालाई तोड्दै नेता जन्माउने थलोका रुपमा रहेको स्ववियुको सभापतिमा महिला नेतृत्वलाई अगाडी बढाएको जनाएको छ ।
मिलनसार स्वाभाव भएकी दहाल र नेतृत्वदायी भुमिकाको अग्रपंक्तिमा उभिएर सघर्ष गर्ने कार्कीको उम्मेदवारीले उर्लाबारी क्याम्पसको निर्वाचनमा कस्को पल्ला भारी भनेर अहिले नै अडकल गर्न सकिने अवस्था नरहेकोे विद्यार्थीहरुको तर्क छ ।