देवकोटा मा.वी मा विद्यालय व्यवस्थापन समिति गठन 

  • this is image NayaNaya Khabar
  • 485 दिन अगाडि

theme

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा ८ मा रहेको देवकोटा माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनको पहिलो चरण सम्पन्न भएको छ । आइतबार विद्यालय परिसरमा भएको अभिभावकहरूको भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकहरू मध्ये बाट ४ जना हरि प्रसाद बास्तोला, डम्बर बहादुर लिम्बू , भावना अधिकारी र निता सिग्देल चयन हुनु भएको छ । यस्तै सोही भेलाले शिक्षक अभिभावक संघमा पदम प्रसाद दुलाल, प्रेम बहादुर बराइली, शान्ता कार्की, कोपिला श्रेष्ठ, र टेक बहादुर कार्की सर्वसम्मत चयन हुन भएको विद्यालयका सूचना अधिकारी गंगाराम आचार्यले जानकारी दिनु भयो । कार्यक्रममा विद्यालयको समग्र शैक्षिक गतिविधि र सहित स्वागत मन्तव्य विद्यालयका प्रधानध्यापक डिल्ली प्रसाद खतिवडाले राख्नु भएको थियो । कार्यक्रम मिक्लाजुङ गाउँपालिका शिक्षा शाखा प्रमुख काशिनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितीकाे पदेन सदस्य मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पूर्ण बहादुर कुवँरको अध्यक्षतामा सम्पन्न भएको थियो ।