अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई बुझाए ज्ञापनपत्र
-
NayaNaya Khabar
- 1113 दिन अगाडि
संघीय निजामति सेवा ऐन तर्जुमाका चरणमा रहेको क्रममा २०७५ भन्दा अघि लोकसेवा आयोगबाट सिफारिस भई नियुक्ति लिएका तर प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु माथि अन्याय भएको भन्दै संघीय निजामती ऐनका सन्दर्भमा देशभरका लेखा अधिकृतहरुले माननीय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई विभिन्न मागहरू राखी बिहिबार ज्ञापनपत्र बुझाएका छन ।
कर्मचारी समायोजन हुनुपुर्ब एकीकृत निजामती सेवामा नियुक्त भएका तर हाल स्थानीय तहका कर्मचारीको रुपमा समायोजन भएको,कार्यरत रहेको सेवा समुहको पदमा दरबन्दी हुँदाहुँदै स्थानीय र प्रदेश तहमा समायोजन भएको,कर्मचारकिो बृति बिकास र क्षमतामा पुर्णबिराम लागेको,अधिकांश स्थानीय तहमा समायोजन भएका अधिकृतहरु भन्दा पछि नियुक्त कर्मचारीहरु प्रमुखका रुपमा खटिएको,आफुभन्दा कनिष्ट कर्मचारीहरुको मातहतमा काम गर्नुपर्दा आत्मसम्मानमा ठेस पुगको,मनोबल खस्केको,सेवाको प्रभावकारितामा ह्रास आएको लगायतका बिभिन्न समस्याहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा एकिकृत निजामती सेवाबाट स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारीहरुलाई निजामती कर्मचारीको परिभाषा अन्र्तगत समेटन,संघको दरबन्दीको रिक्त पदमध्ये निश्चित पदमा समायोजन भई गएका र संघमा आउन ईच्छुक कर्मचारीबाट क्रमश ज्येष्ठताका आधारमा सरुवा भई संघमा आउने ब्यबस्था मिलाउन,तोकिएको प्रशासनिक तहबाट दोहोरो सहमति बिना स्थानीइ तहमा अनुमानयोग्य एवम पारदर्शी सरुवा प्रणालीको ब्यबस्था गर्न,सरुवाका लागि भुगोलको अंक प्राप्त गर्न सक्ने अबस्था नरहेकोले जुनसुकै स्थानीइ तहमा कामकाज गरेबापत (क) बर्गको भुगोलमा कामकाज गरेबापतको अंक कायम हुने ब्यबस्था मिलाउन माग गरिएको लेखा अधिकृत शुसिल बाँस्तोलाले जानकारी दिए । बाँस्तोला सहित लेखा अधिकृतहरुको टोलीले सो ज्ञापनपत्र बुझाएका छन ।
-
-
-
-
-
सप्तकोशीमा ढुङ्गा दुर्घटना प्रकरण पत्रकारको उपचार गर्द...
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
कृषि स्नातक, पशु चिकत्सक र भेटेरिनरी जे.टि.ए. पदको परीक...
-
मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्...
-
मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बि...
-
विवादै विवादले घेरिएका चार्ल्स
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
Culpa proident quia reprehenderit sed quis qui distinct...