उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल्लामा पक्राउ

  • this is image NayaNaya Khabar
  • 529 दिन अगाडि

theme

उर्लाबारी चाेकमा सफारीलाई ठक्कर दिई भागेकाे स्कोरपियाे मधुमल्लामा पक्राउ परेकाे छ। शनिबार साँझ करिव ७:१० बजे उर्लाबारी चाेकमा एक सफारीलाई ठक्कर दिई मधुमल्लातर्फ भागेकाे  प्रदेश ३-०१ ०२२च ६८४५ नम्बरको स्कोरपियाे  चालकलाई ईलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएकाे छ ।

ईप्रका मधुमल्लाका प्रमुख डिबि सुनुवारकाे नेतृत्वमा रहेकाे टाेलीले मधुमल्ला स्थित मावाखोला पुलबाट उक्त स्करोपियाे नियन्त्रणमा लिएकाे ईप्रका  मधुमल्लाका प्रमुख प्रहरी नायव निरिक्षक सुनुवारले बताए ।

प्रहरीले नियन्त्रणमा लिएको स्कोरपियो चालकलाई मधुमल्ला अस्पतालमा उपचार भईरहेकाे जनाएको छ । उनले मदिरा सेवन गरेर सवारी चलाएकाे बताईएकाे छ ।

यता दुर्घटनाबाट घाईते भएका पथरीशनिश्चरे १० का २५ वर्षिय सफारी चालक सुजन उराऊ सहित सफारीमा सवार अन्य ६ जना यात्रुहरुको बिर्तामोड स्थित वि.एण्ड.सी. अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये सफारी चालक उराऊको अवस्था गम्भिर रहेको बताईएको छ ।