वडा नं. ७ सेमी फाइनलमा
-
NayaNaya Khabar
- 927 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङमा सञ्चालन भइरहेको तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगीता २०८०को बिहिबारकाको खेलमा वडा नं. १ लाई ५–१ अन्तरले हराउँदै वडा नं. ७ तेस्रो अध्यक्ष कप वडा स्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
आज बिहिबारको खेलमा वडा नं. ७ का लागी जर्सी नं. ११ का युवराज श्रेष्ठ एक्लैले ३ गोल गरे । यस्तै वडा नं. ७ का जर्सी नं.१९ का सञ्जय दनुवारले १ र अनील खड्गीले १ गोल गरे । जवाफमा वडा नं. १ का लागी जर्सी नं. १५ का कवीन राईले १ गोल फर्काए । बिहिबारको खेलमा म्यानअफ द म्याच वडा नं.७ का जर्सी नं. ११ का युवराज श्रेष्ठ घोषित भए । भोलीको खेल मिक्लाजुङ गाउँपालिका वडा नं. ४ र वडा नं. ६ बिच मध्याह् ३ बजे बाट मनोहर जनता मा.वि. को खेल मैदानमा हुने खेल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन राईले बताउनु भयो ।
-
-
-
-
-
दाउले हानेर काकाको हत्या
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँद...
-
पशु व्यवसायिकरण मिसन कार्यक्रम उद्घाटन
-
कर्फ्युपछि नेपालगञ्ज शान्त
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
Inventore cillulestiae voluptatibus aliqua Et