मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्पन्न
-
NayaNaya Khabar
- 278 दिन अगाडि

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा वडा नं. ७ मा रहेको मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मावा नुनसरी सामुदायिक वनको सभाहलमा शनिबार १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथ मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई मावानुनसरी सामुदायिक वन मिक्लाजुङ गाउँपालिका क्षेत्रकै उत्तकृष्ठ सामुदायिक वन भएकाले यस सामुदायिक वनले योजनाहरु निर्माण गर्दा भावी पुस्तालाई समेत लक्षीत गरेर दिर्घकालीन योजना निर्माण गर्न सुझाब दिनु भएको छ । यस वनमा थुप्रै सम्भावनाहरु रहेको उल्लेख गर्दै प्रमुख अतिथी राईले वन क्षेत्रमा पर्ने देवीथान सिमसार क्षेत्रलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दैै आन्तरीक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने क्षेत्रको रुपमा विकास गर्न र गुरु योजना बनाएर यसलाई अगाडी बढाउन मिक्लाजुङ गाउँपालिकाले सहयोग र समन्ववय गर्ने बताउनुभयो । साथै मिक्लाजुङ गाउँपालिका क्षेत्रमा पछल्लो समय जंगली हात्तीको विगविगी रहेको र पालिकाले समुदायिक वन क्षेत्रहरुमा समेत मानव बस्तिलाई हात्तीको आक्रमण बाट जोगाउन सहयोग पु¥याने उदेश्यले सडक बत्तीको व्यवस्था गरेको हुदा ति सडक बत्तीको संरक्षण गर्न सामुदायिक वनलाई सुझाब दिनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका बिशिष्ठ अतिथी सामुदायिक वन उपभोत्ता महा संघ मोरङ जिल्ला अध्यक्ष राम कृष्ण राईले वन र मानब जीवन एक अर्काका प¥याय जस्तै भएकाले वन संरक्षण गर्नु आजको आवजस्यकता रहको बताउनु भयो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका वडा नं. ७, ८ र ९ का वडाध्यक्षहरु शुशिलाराज चौहान, पुर्ण बहादुर कुवंर (प्रवेश) र शेमन्तराज दहालले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरु, नेपाली कांगेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पाटी, नेकपा एस लगायतका पार्टीका प्रतिनिधहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन मावा नुसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेतले प्रस्तुत गर्नु भएको थियो ।
-
-
-
-
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु