नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।
-
NayaNaya Khabar
- 1051 दिन अगाडि
बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।
पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको छ।
एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए।
राप्रपा र नेमकिपा भने राष्ट्रपति निर्वाचनमा सहभागी नै भएको थिएन।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।
-
-
-
-
-
Laboriosam facilis cumque fugiat saepe
-
छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्...
-
श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः र...
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण...
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
चीन पुगे प्रधानमन्त्री दाहाल