नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।
-
NayaNaya Khabar
- 17 दिन अगाडि

बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।
पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको छ।
एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए।
राप्रपा र नेमकिपा भने राष्ट्रपति निर्वाचनमा सहभागी नै भएको थिएन।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।
-
-
-
-
-
देवकोटा मा.वी मा विद्यालय व्यवस्थापन समिति गठन
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा दोस्रो पटक वितरण
-
एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ
-
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँद...
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
निर्माण भएको ७ दीन नबित्दै कालोपत्रे उक्कीयो ।
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...