करदाता शिक्षा तालिम सम्पन्न

  • this is image NayaNaya Khabar
  • 156 दिन अगाडि

theme

मंशिर, ७ मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा मिक्लाजुङ व्यापार प्रवन्ध समितिको आयोजना र आन्तरीक राजस्व कार्यालय बिराटनगर, करदाता सेवा केन्द्र पथरी मोरङको प्रावीधीक सहयोगमा  मंगलबार मिक्लाजुङमा एक दिने करदाता शिक्षा तालीम सम्पन्न भएको छ । 
आन्तरीक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डिबी क्षेत्रीको प्रमुख आतिथ्यमा भएको एक दीवसीय तालीमको सहजीकरण आन्तरीक राजस्व कार्यलय बिराटनगरका सुचना अधिकृत हरी सेडाईले गर्नु भएको थियो । तालीममा व्यवसायीहरुले कर सम्बन्धी नबुझेका कुराहरु र देखीएका  समस्याहरुको बारेमा प्रष्ट संग आफ्ना प्रस्नहरु राखेका थिए ।  मिक्लाजुुङ व्यापार प्रवन्ध समितिको आयोजनामा सञ्चालन भएको तालिमले धेरै कुराहरुको जानकारी प्राप्त गर्नुका साथै तालीम उपयोगि भएको स्थानीय व्यवसायीहरुले बताउनु भयो ।

तालीममा सहभागीहरु
 
तालीममा करदाता सेवा कार्यलय पथरी केन्द्रका प्रमुख आशीस राई, मिक्लाजुङ गाउँपालिका  वडा नंं. ३  का वडाध्यक्ष सन्तोष मगरको उपस्थिती रहेको थियो । मिक्लाजुङ व्यापार प्रवन्ध समितिका अध्यक्ष सेमन्तराज दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन व्यापार संघका महाँसचिब अमृत कुमार श्रेष्ठले गर्नुभएको थियो । तालीममा मिक्लाजुङ गाउँपालिका क्षेत्रका व्यपारीहरुको उल्लेख्यमात्रामा उपस्थिती रहेको थियो ।