मिक्लाजुङ गाउँपालिकाको नुनसरी रचना कलिदह सिचाइ आयोजना पुनः सञ्चालनका लागि श्रमदान तीव्र
-
NayaNaya Khabar
- 121 दिन अगाडि
मधुमल्ला/मोरङ, मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा रहेको नुनसरी रचना कलिदह सिचाइ आयोजनाको कुलो बिगत ६ वर्षदेखि बाढी तथा पहिरोका कारण बन्द रहेकोमा हाल पुनः सञ्चालनका लागि स्थानीयवासीले तीव्र गतिमा श्रमदान गरिरहेका छन्। विगत १० दिनदेखि निरन्तर श्रमदानमार्फत फाडफुँड र सरसफाइको काम भइरहेको आयोजनाका अध्यक्ष केबी किरातले जानकारी दिनुभयो। बाढिले क्षती पुर्याएपछी सो आयोजनाबाट सिचाइ हुने किरब 100 हेक्टर बढी जमीनमा स्थनीयले आकासे पानीको भरमा धान रोपाइ गर्दै अएको स्थानीय लक्ष्मि श्रेष्ठले बताउनु भयो।

यस बर्ष लामो समय खडेरी परेपछी धान रोपाइ गर्न नपाए पछी किसान आफैले श्रमदान अभीयान चलाएका हुन ।सिचाइ आयोजनाका अध्यक्ष किरातका अनुसार, लामो समय देखी बन्द अवस्थामा रहेको कुलो सञ्चालन गर्न हाल जंग श्रेष्ठको संयोजकत्वमा उप समिति बनाई श्रमदानबाट संञ्चालनका लागी काम सुरु गरीएको हो । अझै १०-१२ दिनको श्रमदानबाट यो आयोजना पूर्णरूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ। दैनीक रुपमा ५०-१०० जना सम्म स्थानीय समुदायको सक्रिय सहभागितामा श्रमदान चलिरहेको यस कार्यमा मिक्लाजुङ गाउँपालिका र वडा कार्यालयले जेसिबी उपलब्ध गराएर सहयोग पुर्याउँदै आएको छ।:
श्रमदानमा सहभागी हुनेहरूलाई स्थानीय समुदायले स्वतस्फूर्त रूपमा खाजाको व्यवस्था गर्दै आएका छन। साथै, इच्छुक व्यक्तिहरूले खाजा सहयोग गर्न सक्ने व्यवस्था पनि समितिले गरेको छ। यो आयोजनाले स्थानीय कृषकहरूको सिँचाइ सुविधालाई पुनःजन्म दिने अपेक्षा गरिएको छ । जसले कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।सो आयोजन पुनः निर्माणका लागी जलस्रोत तथा सिचाइ डिभीजन कार्यालयमा पटक पटक बजेट माग गर्दा पनी पुनः निमार्ण नभएको र छुट्टिएको बजेट पनी अपुग बजेट भएका कारण काम गर्न नसकीएकाले आ.ब.2081/082 मा छुट्टिएको बजेट ५ लाख पनी खर्च गर्न नसकीएको नुनसरी रचना कलिदह सिचाइ आयोजना अध्यक्ष केवी किरातले बताउनु भयो ।
-
-
-
-
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
वडा नं. ७ सेमी फाइनलमा
-
बस्न्यातको रिटमा कारण देखाउ आदेश
-
चीन पुगे प्रधानमन्त्री दाहाल
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...
-
Inventore cillulestiae voluptatibus aliqua Et
