तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ
-
NayaNaya Khabar
- 790 दिन अगाडि
तेह्रथुममा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहिबार दिउँसो सामन्य विबादका कारण आफ्नै ४६ बर्षीया आमा तिलमाया नेपालीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । सामान्य घरायसी विवाद हुँदा माइलो छोरा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल म्याङलुङ पठाइएको छ। हत्यामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
-
-
-
-
-
नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटि...
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा दोस्रो पटक वितरण
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल...
-
मोरङ–१ मा काँग्रेसको रणनीतिक परिवर्तन — प्रदेश सह–महामन...
-
जनताको घरदैलोमा खड्ग फागो : समस्या सुन्दै विकासको प्रति...
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त