पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
NayaNaya Khabar
- 1293 दिन अगाडि
पत्रकार कल्याण कोष मोरङले यस वर्षको सिर्जनशील र उदीयमान पत्रकारिता पुरस्कार पाउने पत्रकार छनोट गरेको छ।
हरेक दुई वर्षमा प्रदान गरिँदै आएको सिर्जनशील पत्रकारिता पुरस्कार उद्घोष दैनिकका समाचार सम्पादक एवम् बिबिसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाई प्रदान गर्ने निर्णय भएको हो।
सो पुरस्कारको राशी ५१ हजार १ सय ५१ रुपैयाँ रहेको कोषका अध्यक्ष प्रल्हादप्रसाद साहले जानकारी दिए।
यसैगरी, हरेक वर्ष प्रदान गरिँदै आएको उदीयमान पत्रकारिता पुरस्कार मकालु टेलिभिजनकी संवाददाता उषा सरदारलाई दिने निर्णय भएको छ। सो पुरस्कारको राशी ३१ हजार १ सय ५१ रुपैयाँ रहेको छ।
पत्रकार कल्याण कोष मोरङका अध्यक्ष साह अध्यक्षतामा बसेको बैठकले सिर्जनशील पत्रकारिता र उदीयमान पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको छनोट गरेको हो।
दुबै पुरस्कार चैत २७ गते सोमबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने कोषले जनाएको छ।
-
-
-
-
-
वडा नं. ७ सेमी फाइनलमा
-
मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बि...
-
उर्लाबारी आगलागी घटना: कांग्रेस नेता थापाको पहलमा जापान...
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...
-
कृषि स्नातक, पशु चिकत्सक र भेटेरिनरी जे.टि.ए. पदको परीक...
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
भारी वर्षाका कारण उर्लाबारी क्षेत्र भएर बग्ने खोलानालाम...
-
भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न