पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
NayaNaya Khabar
- 1246 दिन अगाडि
पत्रकार कल्याण कोष मोरङले यस वर्षको सिर्जनशील र उदीयमान पत्रकारिता पुरस्कार पाउने पत्रकार छनोट गरेको छ।
हरेक दुई वर्षमा प्रदान गरिँदै आएको सिर्जनशील पत्रकारिता पुरस्कार उद्घोष दैनिकका समाचार सम्पादक एवम् बिबिसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाई प्रदान गर्ने निर्णय भएको हो।
सो पुरस्कारको राशी ५१ हजार १ सय ५१ रुपैयाँ रहेको कोषका अध्यक्ष प्रल्हादप्रसाद साहले जानकारी दिए।
यसैगरी, हरेक वर्ष प्रदान गरिँदै आएको उदीयमान पत्रकारिता पुरस्कार मकालु टेलिभिजनकी संवाददाता उषा सरदारलाई दिने निर्णय भएको छ। सो पुरस्कारको राशी ३१ हजार १ सय ५१ रुपैयाँ रहेको छ।
पत्रकार कल्याण कोष मोरङका अध्यक्ष साह अध्यक्षतामा बसेको बैठकले सिर्जनशील पत्रकारिता र उदीयमान पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको छनोट गरेको हो।
दुबै पुरस्कार चैत २७ गते सोमबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने कोषले जनाएको छ।
-
-
-
-
-
बारको राष्ट्रिय सम्मेलन स्थगन
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
ईलामले चुलाचुली अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीम...
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्...
-
वडा नं. ३ सेमीफानलमा