वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को उपाधी माथी कब्जा

  • this is image NayaNaya Khabar
  • 353 दिन अगाडि

theme

किशाेर निराैला
मधुमल्ला / मोरङको मिक्लाजुङमा सञ्चालन भईरहेको तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० को उपाधी माथी वडा नं. २ ले कब्जा जामाएको छ । मंगलबार भएको वडा नं. २ र वडा नं. ६ बिचको फाइनल खेलमा ट्राइवेकरमा वडा नं. ६ लाई ४–३ को गोल अन्तरले हराउँदै वडा नं. २ ले तेस्रो अध्यक्षक कप फुटबल प्रतियोगिता २०८० को उपाधी माथी कब्जा जामाएको हो । मंगलबारको फाइनल खेल शुरु बाट नै निक्कै आक्रमक बनेको थियो । खेलको पहिलो हाफमा वडा नं. २ का लागी जर्सी नं ७ का अनिल चाम्लिङ ले गोल गर्दै वडा नं. २ लाई १–० ले अग्रता दिलाए । खेलको सुरुवात बाट नै निक्कै दबाब दीएर खेल खेलेको वडा नं. ६ ले पहिलो हाफमा केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन । मध्यान्तर पछिको खेलमा वडा नं. ६ का जर्सी नंं  ११ का राजेन्द्र  मगर ले अकर्षक गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।  खेल बराबरी भए संगै खेल झनै रोचक र आक्रमक बनेको थियो । खेल बराबरी भए संगै निक्कै दबाबमुलक खेल खेलको वडा नं. ६ ले वडा नं. २ को रक्षात्मक घेरालाई तोड्दै गोल गर्न सकेन । मध्यान्र पछीको खेल बराबरी भए पछी खेल सोझै ट्राइवेकरमा परिणत भएको थियो । ट्राइवेकरमा वडा नं. २ ले वडा नंं. ६ लाई ४–३ अन्तरले हराउँदै वडा नं. २ तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगीता २०८० को उपाधी माथी कब्जा जमाउन सफल भयो ।  
मंगलबारको खेलमा म्यान अफ द म्याच मिक्लाजुङ वडा नं. ६ का राजेन्द्र मगर, हाइ स्कोरर वडा नं. ७ का युवराज श्रेष्ठ, बेस्ट गोल किपर वडा नं. २ का सञ्जोग लिङ्देन , बेष्ट डिफेण्डर वडा नं. ६ का मेघराज तामाङ, राइजिङ प्लेयर मिक्लाजुङ वडा नं. ९ का शुलभ राई, बेष्ट मिड फिल्डर वडा नं. ६ का दिप्चन मगर र म्यान अफ द शिरीज मिक्लाजुङ वडा नं. २ का श्याम बम्जन घोषित भए । 
प्रतियोगितामा प्रथम र द्धितीय स्थान हाँशिल गर्नेले क्रमश एक लाख एक हजार , ५१ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । बिजेता र उपबिजेतालाई ट्रफी मेडल र प्रमाणपत्र मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई, उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रसाशकीय अधिकृत डम्मरु बल्लभ बराल, लेखा अधिकृत शुशिल बास्तोला , शिक्षा अधिकृत कांशिनाथ खनाल र वडाध्यक्षहरुले वितरण गर्नु भएको थियो । कार्यक्रम उर्लाबारी नगरपालिकाका मेयर गंगा खेरेलको प्रमुख आतिथ्यता तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो । मंगलबारको फाइनल खेल खेल्ने मिक्लाजुङ मधुमल्लामा रहेको मनोहर जनता माविको खेल मैदानमा हजारौको संख्यामा दर्शकहरुको उपस्थिती रहेको थियो ।