मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छुटसम्बन्धी द्विपक्षीय सम्झौता
-
NayaNaya Khabar
- 101 दिन अगाडि
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छुटसम्बन्धी द्विपक्षीय सम्झौता
मोरङको मिक्लाजुङ गाउँपालिका र विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पताल तथा काठमाण्डौस्थित काठमाण्डौ मेडिकल कलेज ( KMC ) बीच उपचार सेवामा छुट उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार आज मिति २०८२ माघ १५ गतेदेखि एक वर्षको अवधिका लागि मिक्लाजुङ गाउँपालिका–मधुमल्ला, मोरङमा बसोबास गर्ने नागरिकहरूले स्वास्थ्य बीमा गरी उक्त अस्पतालहरूमा उपचार गराउँदा नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य उपचार सेवाअन्तर्गतका सम्पूर्ण सुविधा—स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोष लगायत अन्य सबै सेवा—पूर्ण रूपमा उपभोग गरिसकेपछि थप उपचारका क्रममा विशेष छुट पाउनेछन्।
सम्झौता अनुसार नोबेल मेडिकल शिक्षण अस्पतालमा अप्रेशनसहितका सेवामा २५ प्रतिशत छुट तथा काठमाण्डौ मेडिकल कलेजमा ५० प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ। यो सुविधा स्वास्थ्य बीमामा आवद्ध नभएका नागरिकहरूलाई पनि, साथै बीमा गरे पनि बीमा क्रियाशील हुनुअघि उपचार गराउनुपर्ने बिरामीहरूलाई समेत लागू हुने गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष बबी राईले जानकारी दिनुभयाे
-
-
-
-
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
अर्काकी स्वास्नी ।
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...
-
मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा...