मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव सम्पन्न
-
NayaNaya Khabar
- 223 दिन अगाडि
मधुमल्ला । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्ला बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयले आफ्नो स्थापनाको ६१औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।
आज आयोजित कार्यक्रममा बैंकले विभिन्न क्षेत्रबाट योगदान पुर्याएका पाँच जना ग्राहक तथा उद्यमीलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा महिला उद्यमी रेबिका टेलर्स, निक्षेप तथा कर्जा ग्राहक निर्मल सिद्धार्थ इङ्लिस स्कुल, गंगा प्रसाद पौडेल, टीका माया श्रेष्ठ तथा डिजिटल कारोबार गर्ने ग्राहक गजेन्द्र श्रेष्ठ रहेका छन्। उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको शाखा प्रमुख सागरराज धामीले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका–९ का वडा अध्यक्ष सेमन्तराज दाहालले बैंकिङ सेवा स्थानीय तहमा मात्र सीमित नराखी प्रत्येक वडा–वडासम्म विस्तार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार विपन्न वर्ग, उत्पादनशील क्षेत्र, पूर्वाधार विकास तथा युवा स्वरोजगारका क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्न बैंकहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मिक्लाजुङ वाणिज्य संघका सचिव अमृत श्रेष्ठ, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मातृका प्रसाद नैपाने तथा मिक्लाजुङ क्याम्पसका क्याम्पस प्रमुख गणेश बरालको उपस्थिति रहेको थियो।
-
-
-
-
-
मिक्लाजुङको कुल बजेट ८१ करोड ६६ लाख मधुमल्ला
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
एनएमबी बैंकद्वारा मधुमल्ला अस्पताललाई सरसफाइ व्यवस्थापन...
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्...
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...