भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ

  • this is image NayaNaya Khabar
  • 910 दिन अगाडि

theme


 मिक्लाजुङ गाउँपालिकाको भगवती माध्यमिक विद्यालयमा शुक्रबार चौथो खाद्य महोत्सव हुने भएको छ । 'व्यवहारिक र जीवनोपयोगी शिक्षाका लागि भगवती मा.वि. को प्रयास' भन्ने मूल नाराका साथ विद्यार्थीहरूको सीप र सिकाइलाई एकाकार गर्दै भगवतीमा उक्त कार्यक्रम गर्न लागिएको हो । विद्यालयका विद्यार्थीहरूको अगुवाइमा सञ्चालन हुँदै आएको खाद्य महोत्सवमा विभिन्न नेपाली खाद्य परिकार बनाइनुका साथै विविध सांस्कृतिक कार्यक्रम समेत हुने आयोजक भगवती मा.वि. का सूचना अधिकृत देवी प्रसाद गौतमले बताउनु भयो । बिहान १० बजेबाट सुरुहुने कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, अभिभावक तथा सम्पूर्ण महानुभावहरुमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।





छुटाउनुभयो कि ?