मिक्लाजुङका किसानहरूको कर वृद्धिविरुद्ध सशक्त आन्दोलनको चेतावनी सहित बुझाए ज्ञापनपत्र
-
NayaNaya Khabar
- 798 दिन अगाडि
श्रावण २९, मधुमल्ला मोरङ – मिक्लाजुङ गाउँपालिकाले भुमी वर्गीकरणमा अत्याधिक कर वृद्धिको विरोध गर्दै करिब २०० जना किसानले हस्ताक्षर गरेको ज्ञापनपत्र मङ्गलबार गाउँपालिकाका निमित्त प्रमुख कासिनाथ खनाललाई समक्ष बुझाएका छन्। पूर्व गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यको संयोजकत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा, पुरानै कर कायम गर्न र करलाई वैज्ञानिक एवं व्यावहारिक बनाउन आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा, किसानहरूले कर दरमा हेरफेर नगरे, सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। किसानहरूको मागलाई सम्बोधन गर्न गाउँपालिकाका शिक्षा अधिकृत तथा तिमित्त पालिका प्रमुख कासिनाथ खनालले कर दरलाई वैज्ञानिक र व्यावहारिक बनाउन समिति गठन गरिएको जानकारी दिएका छन्। साथै, विधेयक र ऐनको संशोधनको काम पनि भइरहेको उनले बताए।
यस घटनाले मिक्लाजुङका किसानहरूबीच असन्तुष्टि फैलाएको छ र कर विवादले आगामी दिनमा पालिकामा थप चुनौतीहरू निम्त्याउने सम्भावना देखिन्छ।
यस्तै यस बिसयमा पालिकामा पटकपटक छलफल हुने गरेको छ ।
-
-
-
-
-
सुचना दीनेलाई पुरस्कार
-
निर्माण भएको ७ दीन नबित्दै कालोपत्रे उक्कीयो ।
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
कृषकहरुलाई कृषी औजार वितरण
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः र...
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण