वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
NayaNaya Khabar
- 1312 दिन अगाडि
सिन्धुपाल्चोक – जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नं. ४ मा सामूदायिक जंगल दोहन गर्ने काम रोकिएको छैन । इलाका वन कार्यालय डाँडापाखका केही कर्मचारीको मिलेमतोमा नै विगत ३ वर्षदेखि वडा नं. ४ का विभिन्न सामुदायिक वनका सल्लाका रुखहरु विभिन्न बहाना बनाएर कटान गर्दै आइएको छ ।लिसंखुपाखरका पाहुले सामूदायिक वन, लाम्चे सामुदायिक वन र खाल्डे सामुदायिक वनबाट अनाधिकृत रुपमा जंगल फडानी गरिएको पाइएको छ । उक्त क्षेत्रबाट ७ हजार क्युफिटभन्दा बढी सल्लाका गोलियाहरु जंगलमै ढुवानीका लागि तयारी अवस्थामा राखिएको पाइएको छ ।
सामूदायिक वनको मातहतमा पर्ने जंगललाई आवादी जग्गाको जंगलको फाइल बनाई सामूदायिक र सरकारी वनको काठको निकासीका लागि इलाका वन कार्यालयका कर्मचारीहरुकै संलग्नता रहेको एक स्थानीयले दाबी गरे । उनले भने, ‘वनकै कर्मचारीसँग ठेकेदारले मिलेर नक्कली फाइल बनाउँछन्, अनि कटानी गर्छन् ।’
उक्त स्थानमा ठेकेदार हरि श्रेष्ठले वन कार्यालय र केही स्थानीयसँगको मिलेमतोमा गरी उक्त सामुदायिक जंगलका रूखहरू काटेको जनाइएको छ । यसबारेमा ठेकेदार श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन ।
वडा नं. ४ का वडाध्यक्ष भक्तलाल शाक्यसँग सम्पर्क गर्दा उनले पनि केही बन फडानी भएको स्वीकारे । उनले वन कार्यालय कडाईका साथ प्रस्तुत भएमा वडा पनि कारबाहीतर्फ अगाडि बढ्ने बताए । उनले कतिपय अवस्थामा आफूले स्थानीयहरुलाई भन्दा वर्षौदेखि उक्त क्षेत्र आफूहरुले उपभोग गर्दै आइरहेको भन्दै उक्त क्षेत्रका रुख काट्ने गरेको बताए । यस सम्बन्धमा वडाले कानुन अनुसार मात्र रुख कटान गर्न पाइने भन्दै पटक–पटक संलग्न केही स्थानीय ठेकेदारलाई सचेत गराएको पनि शाक्यले बताए ।
‘कानुन बाहिर गएर एउटा पनि रूख नकाट्नुस् भनेकै हाे, बर्षाैंदेखि यसरी नै काटिरहेका छाैं भन्छन्, अब कारबाहीको दायरामा ल्यानैपर्छ,’ वडाध्यक्ष शाक्यले अनलाइनन्यूज७सँगको कुरामा बताए ।
उक्त स्थानमा उनीहरुले कम परिणामको पूर्जी बनाएर धेरै परिणामको काठको फडानी र निकासी गर्ने पनि जनाइएको छ । यसपटक पनि आवादी जग्गाको काठ भनि १० हजार क्युफिटभन्दा बढी काठ कटान गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको छ ।
यसपटक उक्त गाउँपालिकाको ३ र ४ वडाका विभिन्न ठाउँबाट कटान गरेर वडा नं. ४ कै प्युखर्कमा बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको छ ।
वडा नं. ४ को पात्ले सामुदायिक वन उपभोक्ता समितिको पाङ्ग्रे, ताम्चे सामुदायिक वनको ताम्चे, खाल्डे सामुदायिक वनको बुलबुलेबाट साझावन जाने बाटोमाथि, सोही गाउँपालिकाको वडा नं। ३ घिच्चेत, भुक्तिबाङ भन्ने ठाउँमो सरकारी वनको रुख कटान गरिएको पाइएको छ ।
साभार अनलाईन निउज
-
-
-
-
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
उर्लाबारी आगलागी घटना: कांग्रेस नेता थापाको पहलमा जापान...
-
उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...