मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय

  • this is image NayaNaya Khabar
  • 23 दिन अगाडि

theme

मधुमल्ला/मोरङको मिक्लाजुङगाउँपालिको १४ औं गाउँसभाले आर्थिक वर्ष२०८१/०८२का लागी कुल ७७ करोड ५० लाख ७५ हजार पाँच सयरुपैँयाकोबजेट पास गर्दै सम्पन्न भएको छ । जसअन्र्तगतचालु खर्च ४३ करोड ६ लाख १९ हजार र पुँजीगत खर्च तर्फ ३४ करोड ४४ लाख ५६ हजार पाँच सय रहेको छ । सोमबार मिक्लाजुङगाउँपालीकोसभाहलमा भएको १४ औं गाउँसभामा मिक्लाजुङ गाउँपालिका अध्यक्षबबिकुमार राईको अध्यक्षतामा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले प्रस्तुत गर्नु भएकोआर्थीकबर्ष०८१/०८२का लागी प्रस्तुत गर्नु भएको आय व्यय सहितको बजेट पास गदै १४ औं गाउँ सभा सम्पन्न भएको छ । 


बजेटले प्राथमिकतामा कृषि, पर्यटन, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सम्पदा तथा धार्मिक पूर्वाधार, सहकारी क्षेत्र, शुसाशनतथा शान्ति सुरक्षा, लगायतका विषयहरूलाई समेटेको छ । गाउँसभा पश्चात सम्पन्न पत

्रकार सम्मेलनमा मिक्लाजुङ गाउँपालिकाले यस वर्ष जनमुखी बजेट ल्याएको मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता पर्वत राईले बताउनु भयो । साथै बजेटले सबै पक्षलाई समेटेको र यसले सार्थकता पाउने राईले बताउनु भयो । 

यस वर्षको बजेट बास्ताविकतामाअधारीतबजेट भएको र यसअघीजस्तो घाटा बजेट नभएकाले कार्यान्वयन सँगसँगै बजेटले पक्षलाईसमेटेकाले सफलकर्यान्वयन हुने मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ताले बताउनु भयो ।   बजेटको पूर्ण पाठ 

बजेटको पुर्ण पाठ.pdf 1.69 MB

 बजेटको पूर्ण पाठ