एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
NayaNaya Khabar
- 961 दिन अगाडि
असाेज १४,मधुमल्ला/ भनिन्छ कुनै पनि काममा निरन्तर प्रयास गरे अवश्य सफलताको शिखर चुम्नु सकिन्छ । यो भनाइलाई चरितार्थ पार्नु भएको छ मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं ९ का बिमलचन्द्र थापाले । थापाले लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा एक बर्स भित्रमा ३ वटा पदमा नाम निकाल्न सफल बन्नु भयो । थापा २०७९ सल असोज १४ गते लोकसेवा आयोगले प्रकाशन गरेको खरिदार तहको परीक्षामा एक नं मा नियुक्ति हुँदै सरकारी सेवा प्रवेश गर्नु भयो । नियुक्ति भएको दुई महिना नबित्दै थापा फेरि लोकसेवा आयोगले सञ्चालन गरेको नायब सुब्बा पदको परीक्षामा २०७९ मंसिर १० गते एक नं मा नियुक्ति हनु भयो ।
थपाकाे सफलता यतिमा मfत्र रोकिएन एक पछि अर्को सफलता हात पार्दै आउन भएका बिमलचन्द्र थापा २०८० असोज ९ गते लोकसेवा आयोगले निकालेको शाखा अधिकृत लेखा समूह तर्फ नतिजामा बिएटि- ३७ शाखा अधिकृत तहमा नाम निकाल्दै एक बर्से परिक्षण काल पूरा सँगै थापाले नेपालमा निजामती सेवामा शाखा अधिकृत बन्ने चाहना समेत पूरा भयो ।
थापाकाे लाेकसेवामा प्रवेश गर्ने मोह भने २०७६ साल बाट नै शुरु भएको हाे । २०७६ साल सहपाठी मित्र उपेन्द्र पौडेलले निजामती सेवा तर्फको बाटाे देखाएकाे बताउनु हुन्छ र २०७६ सलामा नै पहिलो पटक परीक्षामा स्थानीय सेवामा वैकल्पिक एक नं मा पर्नुभएका थापा २०७८ काे नायब सुब्बाको परीक्षामा समेत एक नं वैकल्पिकमा पर्नु भएको थियो । निरन्तर वैकल्पिक एक नं मा पर्नु भएका थापा संयोग नै मान्नु पर्छ २०७९ सालमा खरिदार र नायब सुब्बामा भने एक नं मा नै नियुक्ति हुनु भयाे ।
लाेकसेवामा सफलता कसरी हात पार्न सकिन्छ भन्ने हाम्रो प्रश्नमा थापा भन्नुहुन्छ दृढ इच्छा शक्ति , पढाइ प्रतिको रूचि र निरन्तर समय सापेक्ष अभ्यास गरे सफलता प्राप्त गर्न सकिने थापा बताउनु हुन्छ । सरकारी सेवा लाेकसेवा प्रवेश गर्न चाहने विद्यार्थीहरूका लागि मोरङ मिक्लाजुङका बिमल चन्द्र थाप एक उदाहरणीय व्यक्ति हुनुहुन्छ ।
-
-
-
-
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि प्रविधि ह...
-
महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
Culpa proident quia reprehenderit sed quis qui distinct...
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...
-
युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त