मोरङ्को मिक्लाजुङ वाड न:४ पञ्चमि डाँडा साँगितिक कार्यक्रम २०८०" हुँदै !
-
NayaNaya Khabar
- 1275 दिन अगाडि
मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.४ पञ्चमी डाँडा छत्रपुरमा "पञ्चमि डाँडा साँगितिक कार्यक्रम २०८०" हुने भएको छ। पञ्चमी डाँडा मेला व्यवस्थापन समितीको आयोजनामा बैशाख २७ गते व्यापक मेलाका साथ साँगितिक साँझ पनि रहने मेला संयोजक कमल राई(डिक) ले जानकारी दिएका छन् ।
उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाडमा सुनुवार र राईहरू साकेला/सखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।यसै पर्वको अवसरमा रास्ट्रीय स्तरको कलाकार सहित एक दिने साँगितिक कार्यक्रमको पनि आयोजना गरिएको सह-संयोजक देवेन्द्र राईले बताए।
मेला सङ्गै भलिबल प्रतियोगिता बैशाख २६ गते सुरु भइ बैशाख २७ गते सम्पन्न हुने अर्का सह-संयोजक प्रेम चाम्लिङ ले बताए।अघिलो वर्ष हरुमा मेला मात्रै लागेता पनि यस वर्ष भने व्यापक मेला सङ्गै साँगितिक कार्यक्रम पनि राखिएको चाम्लिङ ले बताएका छन ।
-
-
-
-
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...
-
उर्लाबारीमा प्रहरीमाथी कुटपिट र सार्वजनिक सम्पति तोडफोड...
-
अर्काकी स्वास्नी ।
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
सुचना दीनेलाई पुरस्कार
-
जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षामा बोहोरा