उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि
-
NayaNaya Khabar
- 284 दिन अगाडि

किशाेर निराैला
उतरि मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ अन्तर्गत पर्ने रमिते बैखुन्ठे बजार यति बेला निकै चहलपहलको केन्द्र बनेको छ। साउन महिनामा तराई क्षेत्रमा अत्याधिक गर्मी बढेसँगै तराई क्षेत्रका मानिसहरू रमणीय स्थानहरूमा घुम्न जाने क्रमले रमितेमा पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ।हालै मात्र मधुमल्लाबाट रमिते सम्मको बाटो कालोपत्रे भएपछि बाहिरी पर्यटकहरू आकर्षित भई रमिते घुम्न आउने क्रम तीव्र रुपमा बढेको हो। मधुमल्लाबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रमिते अहिले दैनिक करिब ३०० जति मानिसहरू घुम्न आउने गरेका छन्।
रमितेको प्राकृतिक सुन्दरता, हरियाली, शीतल वातावरण र स्थानीय आतिथ्यले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। यसले गर्दा स्थानीय व्यवसायमा समेत चहलपहल देखिएको छ। रमितेमा हालै खोलिएका केही नयाँ होटेल र रेस्टुरेन्टहरूले पर्यटकहरूको आवागमनलाई अझ सरल र सुविधाजनक बनाएका छन्।रमितेले भविष्यमा थप पर्यटकहरूको आकर्षण बढाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने मिक्लाजुङ गाउँपालिका वाड न १ का वाड अध्यक्ष पर्बत राईले बताउनु भयाे ।
-
-
-
-
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
प्रिय मान्छे
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
धप्परद्धारा उपाधी माथी कब्जा
-
Inventore cillulestiae voluptatibus aliqua Et