उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि
-
NayaNaya Khabar
- 659 दिन अगाडि
किशाेर निराैला
उतरि मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ अन्तर्गत पर्ने रमिते बैखुन्ठे बजार यति बेला निकै चहलपहलको केन्द्र बनेको छ। साउन महिनामा तराई क्षेत्रमा अत्याधिक गर्मी बढेसँगै तराई क्षेत्रका मानिसहरू रमणीय स्थानहरूमा घुम्न जाने क्रमले रमितेमा पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ।हालै मात्र मधुमल्लाबाट रमिते सम्मको बाटो कालोपत्रे भएपछि बाहिरी पर्यटकहरू आकर्षित भई रमिते घुम्न आउने क्रम तीव्र रुपमा बढेको हो। मधुमल्लाबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रमिते अहिले दैनिक करिब ३०० जति मानिसहरू घुम्न आउने गरेका छन्।
रमितेको प्राकृतिक सुन्दरता, हरियाली, शीतल वातावरण र स्थानीय आतिथ्यले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। यसले गर्दा स्थानीय व्यवसायमा समेत चहलपहल देखिएको छ। रमितेमा हालै खोलिएका केही नयाँ होटेल र रेस्टुरेन्टहरूले पर्यटकहरूको आवागमनलाई अझ सरल र सुविधाजनक बनाएका छन्।रमितेले भविष्यमा थप पर्यटकहरूको आकर्षण बढाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने मिक्लाजुङ गाउँपालिका वाड न १ का वाड अध्यक्ष पर्बत राईले बताउनु भयाे ।
-
-
-
-
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
काँग्रेसमा चरम गुटबन्दी: कोइराला निवासमा देउवा पुग्दा क...
-
उर्लाबारी आगलागी घटना: कांग्रेस नेता थापाको पहलमा जापान...
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...
-
मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कम...
-
श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः र...