टिफर व्यवसायीका कारण सास्ती भोग्दै वडा नम्बर ६ का स्थानीय, ढाट लगाएर राखे यस्तो माग
-
NayaNaya Khabar
- 1090 दिन अगाडि
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं . ६ स्थित गौरवशाली योजनाको बाटोमा गुड्ने टिफरका कारण स्थानीयले सास्ती भोग्ने गरेका छन् । व्यवसायीक कार्यमा गुड्ने टिफर व्यवसायीले बाटो पानीले नभिजाई टिफर गुडाउने गरेका कारण यसबाट उड्ने धुलोको प्रत्यक्ष असर भोग्नु परेको स्थानीय गणेश बोहोराले बताउनु भयो ।
आइतबार बिहानैबाट बक्राहा मावि छेउमा स्थानीयले ढाट लगाएर पानी लगाउनुहोस् टिफर लानुहोस्, टिफर धुलो पीडित भन्ने जस्ता पम्प्लेट टाँसेर टिफर रोकेका छन । धुलोका कारण स्वास्थ्यमा समस्या आएको, पसलमा बेच्न राखिएका सामान बिग्रीएको, बाटो छेउको अन्नबाली उत्पादनमा असर परेको साथै बक्राहा माविमा अध्ययन गर्ने विद्यार्थीहरूलाई समेत अध्ययनमा गर्नमा असहज परिस्थिति निर्माण गरेको भन्दै टिफरलाइ ढाट लगाएको बोहोराले बताए ।
व्यवसायीले बाटोमा पानी लगाउने प्रतिबद्धता नगरेसम्म टिफर गुड्न नदिने स्थानीयको भनाइ छ । टिफर चालकहरूलाई सोधपुछ गर्दा एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गरेका कारण सम्बन्धित पक्षसम्म स्थानीयले सम्पर्क गर्न नसकेको गणेश बोहोराले थप्नु भयो ।
-
-
-
-
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ
-
पशु व्यवसायिकरण मिसन कार्यक्रम उद्घाटन
-
उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल...
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
वडा नं. ७ सेमी फाइनलमा
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...