उर्लाबारी,मधुमल्ला,तोरीबारी,फुङ्नाम,दशमी ,दारेगौंडा,चिसापानी हुँदै रबी ,राँके सडक
- NayaNaya Khabar
- 111 दिन अगाडि
राजु ढकाल मधुमल्ला
बिगत ५०/५२ बर्ष देखि चर्चामा आउँंदै निर्बाचन ताका मोरङ,ईलाम र केन्द्रीय नेताहरुको समेत चुनाबी मशालाको रुपमा मात्र रहेको उर्लाबारी,मधुमल्ला,तोरीबारी,फुङ्नाम,दशमी ,दारेगौंडा,चिसापानी हुँदै रबी ,राँके सम्म पुगेर अर्को मेची राजमार्ग सम्म जोडिएर ब्यापारिक हिसाबले महत्वपुर्ण रहेको यो सडक लाई पटक पटक विभिन्न बहाना बनाएर स्थानिय जनता,समिती तथा दलका स्थानिय कार्यकर्ता समेतलाई धोका त्यो पनि पटक पटक दिंदै आईएको कुरा दुनियाँमा छर्लङ्ग छ !
त्यसै अनुरुप बिगत मा उर्लाबारी मधुमल्ला ,तोरीबारी सडक खण्डमा गरिएको हेलचेक्र्याईं को कारण उर्लाबारी तर्फ जाने सवारी साधन झापाको दमक जाने मात्र हैन पहाडी भेग बाट उर्लाबारी सँग जोडिएको ब्यापारिक सम्बन्ध समेत पुरै बिस्थापित हुने अवस्था आई सकेको र मधुमल्ला क्षेत्रको सम्पुर्ण ब्यपारिक सम्बन्ध हरु कागजमा मात्र रहेको जगजाहेर छ !
हाल उर्लाबारी क्षेत्रका व्यापारी महानुभाबहरुमा नैरास्यता छाएको र व्यापार खस्किंदो अवस्था बाट दिनहुँ बिस्थापित हुँदै गरेको दुराबस्था कसैले नकार्न सकिन्न ,बिगतमा उर्लाबारीका उधोग बाणिज्य सँघ तथा केही राजनितिक दलका अगुवा हरुको पनि यो सडकको सवालमा सकृयता रहेको तर हालका नयाँ अनुहार हरु बाट कुनै पनि सकृयता नदेखाईएको ,नाम नै लिनु पर्दा स्थानिय राजनितिक अगुवा समाजसेवी मान बहादुर श्रेष्ठ ज्यू ले आफ्नो निजि खर्चमा कयौं पटक राजधानी धाउने ,काम गर्नु भएको कुरा नकार्न सकिन्न !!
हुन त अरुले पनि गर्नु भएको थियो होला तथापी वहाँ जति धेरै लागि पर्नु हुने सायदै अरु देख्दिन तर हाल आएर किन खासै अग्रसर देखिनु हुन्न हुन सक्ला काम गरेर पनि जस नदिने दल,बल ,भिडको आधरमा मुल्यांकन गर्ने प्रबृती बाट वहाँ को कामको अवमुल्यन भएको हुन सक्छ तर अझै पनि उर्लाबारीका नयाँ अगुवा बाणिज्य सँघको नयाँ नेतृत्वको समूह लगायत सबै राजनितिक दलका अगुवाहरुले एउटै मिशन बनाएर यो सडकलाई प्रथमिकतामा राखेर निर्णायक बनाउन नसके अहिले निर्माणाधिन मदन भण्डारी राजमार्ग सम्पन्न भै सके पछी माथिल्लो एरियाको सम्बन्ध नै बिस्थापित हुने र लाखौ ब्यबसायिको दुर्दशा हुने निस्चित प्राय छ त्यसैले बिकास र सामाजिक हितको सवालमा सम्पुर्ण जनसमुदाय,दल,अगुवा,संघ संस्था हरुलेको बलियो दबाब बाट बर्तमान बजेटमा स्तरोन्नती भनी बिनियोजित रकम लाई संशोधन गराएर बहुबर्षे योजना मा समाबेस गराई निरन्तर काम गर्न चासो दिन गठित समिती ,साक्फार,मधुमल्ला ,उर्लाबारीले महत्वपुर्ण भुमिका खेल्नु पर्ने टडकारो देखिन्छ अन्यथा भबिस्यमा हामिले बर्तमान दलका अगुवा,सँघ सस्थाका जिम्मेवार ,माननीय ज्यू र राजनितिक नेतृत्वलाई धिक्कार्नु सिवाय अरु केही हुने छैन !!
उर्लाबारी,मधुमल्ला,तोरीबारी,फुङनाम ,दशमी,दारेगौंडा सडक दबाब समूह!
धन्यबाद!!
-
-
हेल्लो नेता जी
-
मिक्लाजुङको कुल बजेट ८१ करोड ६६ लाख मधुमल्ला
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
उद्घाटन खेलमा वडा नं. २ बिजयी सेमीफाइनल प्रवेश
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः र...
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...
-
कोशीमा १५ बर्षिय बालिका बेपत्ता , खोजि कार्य हुँदै