नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।
-
NayaNaya Khabar
- 1320 दिन अगाडि
बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।
पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको छ।
एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए।
राप्रपा र नेमकिपा भने राष्ट्रपति निर्वाचनमा सहभागी नै भएको थिएन।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।
-
-
-
-
-
उपाध्यक्ष कप भलीवल प्रतियोगितामा चुलाचुली, उर्लाबारी, ब...
-
प्लम्बिङ तालिम शुरु
-
मिक्लाजुङका किसानहरूको कर वृद्धिविरुद्ध सशक्त आन्दोलनको...
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
कोशीमा १५ बर्षिय बालिका बेपत्ता , खोजि कार्य हुँदै
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कम...
-
थापा लायन्सको ३२५ सीको डिस्टृक भाइस गभर्नर पदका उम्मेद्...
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...