शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता काठमाडौँ
-
NayaNaya Khabar
- 1125 दिन अगाडि
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रवार एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले उठाउँदै आएको जायज माग र आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताए ‘सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा पेस गरेसँगै नेपालको सिङ्गो शिक्षा क्षेत्र आन्दोलित भएको छ । उक्त विधेयकले शिक्षा क्षेत्रका विद्यमान समस्याहरूको समाधान गर्न नसकेको, शिक्षक एवं ट्रेड युनियन अधिकार लगायत विभिन्न मौलिक हकहरुलाई समेत कुण्ठित गर्ने गरी आएको भन्दै २०८० असोज ३ गते बुधवार देखि नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाण्डौं केन्द्रीत आन्दोलन भइरहेको विषयले नेपाल ट्रेड युनियन काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
शिक्षा क्षेत्रलाई प्रोत्साहित, मर्यादित र व्यवस्थित गर्नुको सट्टा शिक्षक महासंघ, नेपाल शिक्षक संघ लगायतले उठाउँदै आएको मागलाई बेवास्ता गरी एकपक्षीय ढंगले विधेयक संसद्मा पेस हुन संविधान विपरीत भएको राईले बताए । डामाडोल शिक्षा क्षेत्र, शिक्षक एवं कर्मचारीहरूको वृत्ति विकासको बेवास्ता, पेसागत एवं ट्रेड युनियन अधिकारको कुण्ठित लगायत मौलिक हकलाई अङ्कुश लगाउने कार्यप्रति ट्रेड युनियनले विमति रहेको उनको भनाइ छ ।
संसदमा पेस गरिएको विद्यालय शिक्षा विधेयक, २०८० लाई तत्काल फिर्ता लिई आन्दोलनरत शिक्षक महासंघ, नेपाल शिक्षक संघ लगायत सरोकारवाला पक्षहरूसँगको व्यापक छलफल र परामर्शमा सहमति खोज्न ट्रेड युनियनले अनुरोध गरेको छ ।
-
-
-
-
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डा...
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्...
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
उमेश राईको पहलमा शहीद घनश्याम भट्टराईको घर पुनर्निर्माण...
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...