गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक कोशेली

  • this is image NayaNaya Khabar
  • 379 दिन अगाडि

theme

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ ले वडा भित्र रहेका गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार (कोशेली) वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गर्भवती र एक बर्ष मुनीका बच्चाका आमाहरु गरी ५३ जनालाई  पौष्टिक आहार वितरण गरिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्णबहादुर कुवंरले बताउनु भयो । 
प्रत्येकलाई १ केजी घिउ, १ क्रेट अण्डा, आधा केजी मह र एक थान जुल वितरण गरिएको वडाध्यक्ष कुवंरले बताउनु भयो । वडा भित्र रहेका गर्भवती र बच्चाका आमाहरुलाई पौष्टिक आहारको कमी हुन नदीन र नवजात बालबालीकाहरुलाई कुपोषण हुन बाट बचाउन केहिमात्रामा सहयोग पु¥याउने पवित्र उदेश्यल गर्भवती र एक बर्ष मुनीका बच्चाका आमाहरुलाई  खाद्यय सामाग्री वितरण गरीएको वडा कार्यालयले जनाएको छ ।