प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न

  • this is image NayaNaya Khabar
  • 387 दिन अगाडि

theme

मधुमल्ला÷ मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा आइतबार बाट प्रयोगशाला सेवा शुभारम्भ साथै स्वास्थ्य शिबिर सम्पन्न भएको छ । प्रयोगशाला सेवाको सोमबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले उद्घाटन गर्नु भएको हो । स्वास्थ्य नै सबै भन्दा ठुलो धन भएकाले नागरीकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै प्रयोगशाला सेवा संचालन गरीएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो । 
प्रयोगसाला सेवा शुरुभए संगै मिक्लाजुङ गाउँपालिका वडा नं. १ का स्थानीय बासीहरुले अब रगत, दिसा र पीसाबको जाचको सेवा  स्वास्थ्यचौकी बाट नै पाउने भएकाछन । मिक्लाजुङ गाउँपालिका वडा नं. १ मिक्लाजुङ गाउँपालिकाकै दुर्गम क्षेत्रको रुपमा पर्दछ । वडा नं. १ मा स्वास्थ्य चौकी भए पनी हाल सम्म प्रयोगशाला सेवा नहुदा स्थानीय बासीहरु स्वास्थ्य उपचारका सामान्य परिक्षणहरु  गर्न पनी मधुमल्ला, उर्लाबारी र दमक सम्म पुग्नु पर्ने बाध्यता रहेको थियो । स्थानीय स्वास्थ्य संस्था बाट नै प्रायोशालको सेवा पाए पछी आफुहरुलाई स्वास्थ्य उपचारमा थप सजिलो भएको स्थानीय नरेन्द्र रसाइलीले बताउनु भयो । 
नागरीकहरुको स्वास्थ्य उपचारमा समय सापेक्ष रुपमा निरन्तर सेवाहरु विस्तार गर्दै नागरीहरुलाई सहज स्वास्थ्य सेवा पु¥याउन वडा कार्यालयको लक्ष्य रहेको वडा नं. १ का वडाध्यक्ष पर्वत राईले बताउनु भयो । सोही अवसरमा अरनिकाे हस्पिटल उर्लाबारीको प्राविधीक सहयोगमा स्वस्थ्य शिवीरको आयोजना गरीएको थियो । शिबिरमा ६५ जना स्थानीयहरुको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरीएको थियो । शिबिरमा बिरामीहरुको स्वास्थ्य परिक्षण गोदावारी हस्पिटल उर्लाबारीका डा. भुवन थापा, डा. प्रज्वल कोइराला र मधुमल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सरोज कुमार मण्डलले गर्नु भएको थियो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका लेखा शाखा प्रमुख शुशिल बास्तोला शिक्षा शाखा प्रमुख कांशिनाथ खनाल,  स्वास्थ्यशाख प्रमुख चिन्तामणी पोख्रेलको उपस्थिती रहेको थियो ।