उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न

  • this is image NayaNaya Khabar
  • 395 दिन अगाडि

theme

मधुमल्ला÷ मोरङ मिक्लाजुङ गाउँपालिकमा मंगलबार बाट उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्य सुरु भएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ७  बाट उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सुरु भएको हो । यो कार्यक्रम मिक्लाजुङका ९ वटै वडामा सञ्चालन गरीने बताइएको छ । कार्यक्रममा फिजीसियन डाक्टर सहितको स्वास्थ्य परिक्षण संगै उपाचार र सम्भव भए सम्मलाई निशुल्क औषधी पनी वितरण गरिने मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले बतानु भयो । 
जेष्ठ नागरीकहरु समाजको जिउदो इतिहास भएकाले जेष्ठ नागरीकहरुको स्वास्थ्यमा ध्यान दिनु स्थानीय सरकाको  उत्तर दायित्व भएको उपाध्यक्ष पौडेलले बताउनु भयो । 
मंगलबारको स्वास्थ्य कार्यक्रममा डा. रोजी बखादे,  प्रबिन भट्टराई   रन्जन बर्न्हबाल  सहति मधुमल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको टिमले सहजीकरण गर्नु भएको थियो । मंगलबारको स्वास्थ्य कार्यक्रममा १ सय ५३ जना जेष्ठ नागरीकहरुको स्वास्थ्य परिक्षण गरीएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रेलले बताउनु भयो । 
उपाध्यक्ष संग स्वास्थ्य कार्यक्रमले जेष्ठ नागरीकहरुलाई धेरै फाइदा पुगेको स्थानीय जेष्ठ नागरीक मेघनाथ घिमीरेले बताउनु भयो ।